युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
260 पटक पढिएको

No photo description available.

बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा महिला बिकास मञ्चको आर्थिक सहयोगमा चार जना हिंसा पीडित बालिकालाई प्रत्येकलाई पाँच पाँच वटा बाख्रा सहयोग गरिएको छ । यस्तै प्रत्यक वडा गठित किशोरी समुहलाई डिजे ,भिलिवल जाली प्राथमिक स्वास्थ्य उपचारका सामाग्री लगायतका सहयोग सामग्री हस्तान्तरण गरिएको हो । यहि असाढ११ गते हिंसा पीडित बालबालिकाको घरघरमै गएर बाख्रा बितरण गरिएको र अन्य सहयोग सामाग्री किशोरीहरुलाई गाउँपालिकामै बोलाई गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत द्वारा हस्तान्तरण गरिएको महिला बिकास मञ्च बाजुराका खप्तड छेडेदह गाउँपालिका सामाजिक परिचालक देव बहादुर सेरालाले जानकारी दिए ।

बिगत तीन बर्ष यता महिला बिकास मञ्च लागू भए यता गाउँपालिकामा यो सस्थाले निरन्तर रुपमा किशोरीहरुको क्षमता अभिबृद्धि गर्नका लागि बिशेश भुमिका निर्वाह गर्दै आइरहेको छ । समय समयमा आवस्यक सहयोग सामाग्री समेत हस्तान्तरण गर्दै आएको छ । यतिमात्र होइन वालविहाह न्यूनीकरणमामा पनि विशेष सहयोग गर्दै आएको छ । फलस्वरुप पछिल्लो समयमा बालविवाहको दर निरन्तर घट्दै गएको छ । गाउँपालिकाका ७ वटै वडाको बालविवाह अवस्था र महिला बिकास मञ्च सो गाउँपालिकामा लागू भैसके पश्चात् बालबालिकाहरुमा के कस्तो परिवर्तन देखियो भन्ने बिषयको अनुगमन गरिएको थियो । महिला बिकास मञ्चको नेतृत्वमा नै प्रत्येक वडामा हुँदै गाउँपालिकामा समेत बाल क्लबहरु गठन गरिएको थियो । महिला बिकास मञ्च द्वारा गठित गाउँपालिका स्तरीय बाल संजाल र प्रत्येक वडा स्तरीय बाल संजाल समिति हरु निरन्तर बालविहाह न्यूनीकरणको अभियानमा जुटेका छन् । गाउँपालिका स्तरीय बाल संजाल समितिले त झन बालविहाह न्यूनीकरणको अभियान नै संचालन गरेको थियोे । गाउँपालिका स्तरीय बाल संजालले सुरु गरेको बाल विवाह न्यूनीकरणको अभियानमा अन्य सरोकारवाला निकायले पनि निरन्तर साथ सहयोग गरे । जिल्लाका ९ वटै स्थानीय तहहरु मध्यकै वालविहाहको दर उच्च रहेको स्थानीय तह हो ।

महिला बिकास मञ्च द्वारा नै गठित बाल क्लबहरु पनि बालविवाह न्यूनीकरण गर्न उत्तिकै सक्रिय भएर लागी परेका छन् । अझ भन्ने हो भने त्यहाँका सो गाउँपालिकाका जनप्रतिनिधिहरु पनि वालविवाह न्यूनीकरण गर्नका लागी बालक्लबले सुरु गरेको अभियानमा सहयोग गर्दै आएका छन् । यस गैरसरकारी संघ सस्थाले गाउँपालिका स्तरीय बाल संजाल संग समन्वय गरेर गाउँपालिकामा प्रत्येक बर्ष बालविवाहको तथ्यांक समेत संकलन गर्ने गरेको छ ।प्रत्येक बर्ष तथ्यांक संकलन गर्दा क्रमिक रुपमा घटेको पाइएको छ । यस अघि पनि कोभिड १९ कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बालबालिकालाई जोखिमबाट जोगाउनका लागि स्वास्थ सुरक्षाका सामाग्री बितरण गरेको थियो । बिभिन्न समयमा बालबालिकाहरुका लागि अभिभाकत्त्वको भुमिका निर्वाह गर्दै आएको छ । विशेष गाउँपालिका भित्रका बालबालिकाहरुमा बाल विवाह न्यूनीकरण र किशोरीहरुको क्षमता अभिबृद्धिका लागी गाउँपालिका संग सहकार्य गरेर जीवन उपयोगी शिक्षा सम्बन्धि किशोरी कक्षा संचालन गर्दै आइरहेको छ । कक्षा संचालन भए पश्चात् पहिला र अहिलेमा धेरै कुराको परिवर्तन भएको पाइएको छ । यो संग संगै किशोरीहरुले बालविवाह ,छुवाछूत,मर्यादित महिनावारी , लैङ्गकि हिंसा, लगायतका सामाजिक समस्या र ती समस्या समाधानका बिषयमा पनि जानकारी लिने अवसर पाएको त्यहाँका किशोरीहरु बताउन्छीन् ।

आफुमाथि हुने समस्याहरु के हुन ती समस्या कसरी समाधान गर्ने र यी समस्याहरुबाट कसरी सुरक्षीत हुने भन्ने बिषयमा जानकार भएको र आफुमाथि कुनै पनि समस्या आइपरेको खण्डमा आफै समस्या समाधान गर्न सक्ने क्षमताको बिकास भएको त्यहाँका किशोरीहरुको भनाई छ । महिला बिकास मंच र गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा किशोरी कक्षा संचालन गरे पश्चात् बाल विवाह पहिलाको भन्दा धेरै कम हुनुका साथै आफू लगायत आफू संगै पढ्ने गरेको अन्य किशोरीहरुमा बोल्न सक्ने क्षमताको बिकास भएको वडा न . ६ वडा किशोरी सहजकर्ता सर्मिला बिष्ट बताउन्छिन । महिला बिकास मञ्च द्वारा समय समयमा बालविवाह सम्बन्धि अभिमुखिकरण गोष्ठी र तालिमहरु संचालन गर्दै आएको हुदा बालविवाह न्यूनीकरण मात्र नभई बालबालिकाको क्षमता अभिबृद्धी भएको अभिभावकहरु बताउँछन् ।

अभिभावकहरुका अनुसार बालविवाह पहिलाको तुलनामा न्युनमा झरेको बताईएको छ । पछिल्लो समयमा बालविवाह हुनुमा धेरै कमजोरी बालबालिकाहरुको नै रहेको अभिभावकहरुको बुझाई छ । बालबालिकाहरुले एक अर्काको देखासिकीमा र सुचना प्रविधिको दुरुपयोग नै पछिल्लो समयमा बालविवाहका प्रमुख कारणहरु रहेको अभिभावकहरुको थम्माई छ । त्यहाँका बुद्धिजीवीहरुका अनुसार केही बर्ष अगाडि मात्र धेरै जसो बालविवाह अशिक्षा ,व्यरोजगारी, गरिबी लैङ्गकि बिभेद र जनचेतनाको अभावका कारणले हुने गरेको थियो । बार्षिक रुपमा बालविवाह गर्नेहरूको संख्यापनि अत्याधिक नै थियो । तर पछिल्लो समयमा यी कारणहरुले भने बालविवाह हुने नगरेको खुल्न आएको छ ।

यसरी सवै सरोकारवाल निकायहरु एकैसाथ बालविवाह न्युनिकरणको अभियानमा जुटेको भएता पनि यसमा चुनौतिहरुपनि उत्तिकै छन् । बिशेष गरेर बालविवाह न्युनिकरणको अभियानमा बाल क्लवका पधातिकारीहरुले धेरै चुनौतिहरु सहनु परेको छ । बालविवाह न्युनिकरणकै अभियानमा लागिरहदा धेरै जसो अभिभावकहरुबाट बिभिन्न प्रकारका दवाव धम्किहरु सुन्नु परेको वडा न. ७ की किशोरी कक्षा सहजकर्ता करिष्मा ओलीले बताइन् ।महिला बिकास मञ्चको सहयोग बाटै गाउँपालिकामा बालविवाहको दर घटेको वडा न . ६ वडा स्तरीय बाल क्लबका अध्यक्ष बिरेन्द्र बिष्टले बताए । महिला बिकास मञ्चको विशेष सहयोगमा नै बालविवाहको दर घटाउन सम्भव भएमो बिष्टको भनाई छ । बालकलवहरुका सक्रियता महिला बिकास मञ्चको बिशेष पहलमा उक्त गाँउपालिकामा बालबिवाहकको दर केही कम भएको त्यँहाका स्थानिय बुद्धिजिवी वा जानकारहरु बताउन्छन् ।

गाँउपािलकामा बाल क्लवहरू महिला बिकास मञ्चले नै गरेकाे हुदा बाल सञ्जाल समितिहरू थप सशक्त हुनुमा पनि महिला बिकास मञ्चकाे नै सहयाेग रहेकाे गाँउपालिका स्तरिय बा सञ्जाल समितिका अध्यक्ष मिन बहादुर खड्रकाले बताए । बाल बिवाहकाे दर शुन्यमा पुर्याउन नसकेतापनि बालबिवाह भने पहिलाकाे तुलनामा धेरै घटेकाे खड्रकाले बताए ।

महिला बिकास मञ्च एक महिलाहरुको हक हितका लागि बिभिन्न कार्य गर्ने एक बिशुद्ध सस्था हो । यस सस्थाले बिगत २०६२ सालमा स्थापना भई हाल महिलाहरुको पोषण सुशासनको क्षत्रमा किशोरीहरु प्रथामिकता कार्यक्रम अन्तरगत बिशारीहरुका लागि उज्जोल भविष्य निमार्ण, बालविवाह, न्युनिकरण, त्यसैगरि नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता लगायतका क्षत्रहरुमा बिभिन्न ठाँउहरुमा कार्य गर्दैै आइरहेको छ । बिशेष गरि महिलाहरुको क्षत्रमा काम गर्ने यस सस्थाले नेपालका सिमान्तकृत महिलाहरुलाई व्यावसायिक र स्वाभलम्बि बनाउन, त्यसैगरी नेपालका दुरदराजका बस्तिहरुमा बिभिन्न महिला हिंसाको चपेटोमा जिवन बेतित गर्न बिवस महिलाहरु र किशोरीहरुको क्षमता अभिवृद्धिका लागि अहम भुमिका निर्वाह गर्दै आइरहेको छ । यस गैरसरकारी सस्थाले बिशेष गरेर महिलाहरुलाई आफ्ना समस्याहरु पहिचान गर्न सक्ने, आफुमाथि आइपरेका समस्या समाधान गर्न सक्ने, आफ्नो क्षमताको उपयोग गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सफल भएको छ । यस सस्थाले गरिव तथा अति बिपन्न परिवारका बालबालिकाहरु र महिलाहरुलाई बिभिन्न समयमा राहात समेत बितरण गर्दै आइरहेको छ ।


सो गाँउपालिकाका बालबालिकाको क्षमता बिकासका लागि र बाल अधिकारको सुनिश्तिताका लागि गाँउपालिकाले पनि बिशेष सहयोग गर्दै आइरहेको छ । अहिलेका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि बालबालिकालाई बिशेष्या रुपले प्रथामिकतामा राखेर हेरेको पाइएको छ । यस्तै यता गाँउपालिकाले पनि शिक्षा क्षत्रको बिकासका लागि गाउँपालिकामा एक वडा एक नमुना आधारभुत विद्यालयको व्यवस्था गर्ने गाउँपालिकाले निती लिएको छ । एघारौं गाउँ सभामा अध्यक्ष दीलबहादुर रावतले प्रस्तुत गरेको निती तथा कार्यक्रममा एक वडा एक नमुना आधारभुत नमुना विद्यालय व्यवस्था गर्ने निती समावेश गरिएको छ ।निती तथा कार्यक्रममा पालिकाका सबै विद्यालयमा इन्टरनेट जडान गर्नुका साथै र किशार शिोरीको षमता अभिबृद्धि गर्नका लागि माध्यमिक तहको एसइइ परिक्षामा उत्कृष्ठ ल्याउने विद्यार्थीलाई एकमुष्ठ ५० हजार सहयोग गरिने निती तथा कार्यक्रम समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!