बाजुराः बुढीगंगा नगरपालिकाले युवा सञ्जाल, बाल सञ्जाल र सञ्जाल गठन गरेको छ । बुढिगंगा नगरपालिका नगर स्तरिय संञ्जाल ।गठन तथा संचालन कार्यविधी अनुसार गठन गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रबक्ता हेमराज जैशिले जानकारी दिनु भएको छ । सनिवार नगर भित्रका युवा, बालबालिका र महिलाहरुलाई नगरपालिकामा बोलाई सञ्जाल गठन गरिएको बताइएको छ ।
महिला सञ्जाल टिका राना अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । यस्तै बाल सञ्जालका अध्यक्ष निराजन प्रसाद जैशी सहितको २१ सदस्यीय कार्यसमिति र ओमराज थापा नेतृत्व १९ सदस्यीय युवा सञ्जाल गठन गरिएको बुढीगंगा नगरपालिका वडा न । ६ का वडा अध्यक्ष एवम् नगर प्रभक्ता हेमराज थापाले जानकारीअनुसार दिनुभएको छ । उहाँका अनुसार प्रत्यक वडालाई सूचना गरेर मात्रै विभिन्न सञ्जालहरु गठन गरिएको बताइएको छ । उक्त नगरस्तरीय विभिन्न सञ्जाल गठनको विषयलाई लिएर धेरैले सामाजिक सञ्चजाल मार्फत असन्तुष्टि जनाएका छन् । बुढीगंगा नगरपालिकाकै एक कक्षा १२ मा अध्यनरत एक विद्यार्थीले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नगरले कसैलाई जानकारी नगराई आफु अनुकुलका व्यक्तिलाई बोलाएर विभिन्न सञ्जालहरु गठन गरेको प्रती आपत्ति जनाएका छन् ।
नगरवासिलाई सूचनाको हकबाट बन्चित गराएको उहाँले लेख्नु भएको छ । यता नगर प्रभक्ता जोशीले भने एक महिना अगाडि नै मौखिक जानकारी गराइसकेको र नगरपालिकाले प्रत्यक वडालाई सूचना गरेको बताउनुभएको छ । प्रत्यक वडामा युवा सञ्जाल, बाल सञ्जाल, र महिला समुह गठन भैसकेको बताउनुहुँदै उहाँले वडा सञ्जालका प्रतिनिधिहरुलाई नै जिम्मा दिएको बताउनुभयो ।नगरका तर्फबाट कसैलाई बोलाउने कसैलाई नबोलाउने भन्ने नियत भने नभएको नगरपालिकाको तर्फबाट सूचना गर्ने कुरामा काहिँ कतै कमजोरी नभएको बताउनुभयो । तर यो बिषयलाई लिएर बुढीगंगा नगरपालिका भित्रका अधिकांस युवा विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । यो संगै नगरपालिकाका जनप्रतिनिधिको बिरोध समेत गरेका छन् ।











