युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
145 पटक पढिएको

बाजुरा।  नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको शुभ दिपावलीको अवसरमा एक औपचारिक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिका सभापति हर्क बहादुर रावतको अध्यक्षतामा सुरु भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिती संविधान सभा सदस्य महा नेपाली रहनुभएको थियो ।

कार्यक्रममा बिशिस्ट अथिती कांग्रेस सुदूरपश्चिम प्रदेश प्रदेश कार्यसमिति (ख) का उपसभापति शेर बहादुर सिंह, रहनु भएको थियो । कार्यक्रममा स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार खडक बुढा, निवर्तमानमा गाउँपालिका अध्यक्ष नर बहादुर रावत, प्रदेश निर्वाचन क्षत्र नं (ख) कार्यसमित सदस्य एवम् वटा नं ५ का निवर्तमान वडा अध्यक्ष नेपाली कांग्रेस गाउँ कार्य समितिका पधाधिकारी, पार्टीका भातृ संघका प्रमुख एवम् प्रतिनिधि लगायत पार्टीमा आस्थावान अन्य नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम पार्टी सुदृढीकरणका बिषयमा पनि छलफल भएको नेपाली कांग्रेस खप्तड छेडेदह गाउँ कार्यसमिति सचिब बिष्णु धामीले जानकारी दिनुभएको छ । कार्यक्रममा नेताहरुले नेपाली कांग्रेसको पकेट क्षेत्रका रुपमा चिनिदै आएको छेडेदह गाउँपालिकामा पछिल्लो समयमा बिबिध कारणले २०७९ मा भएको स्थानीय निर्वाचनमा पराजित हुनु चिन्ताजनक बिषय भएकाले नेतृत्वले सच्चिए अगाडि अगाडि बढ्नुपर्नेमा छलफल भएको बताइएको छ। बिगतमा भएका कमजोरीहरुलाई सच्याएर एकताबद्ध भएर पुरानै अबस्थामामा पार्टीलाई फर्काउने गरि लग्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय निर्वाचनमा पराजित भएपछि पार्टी कमजोर भएको संकेत देखा परेको बताउदै नेताहरूले पार्टी लाई थप बलियो, सुदृढ, र एकताबद्ध कांग्रेस बनाउने अभियानमा सबैले हातेमालो गर्दै आत्माअलोचित भएर अगाडि बढ्नुको अर्को विकल्प नरहेको नेताहरूले बताएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम संगै पार्टी नेतृत्व बिच समिक्षा गर्ने, जनताका जनगुनासाहरु सुन्ने, कार्यकर्ताका सुझाव संकलन गर्ने अभियानमा कांग्रेस खप्तड छेडेदह जुटेको पनि सचिब धामीले बताउनुभयो । यो संगै कार्यक्रममा दिन प्रतिदिन बिपतजन्य घटनाहरु निरन्तर घटिरहेको अवस्थामा यदि जिल्लामा पनि यस्तै घटनाहरु घटेको खण्डमा पार्टीको तर्फबाट सम्पुर्ण नेताकार्यकर्ताहरु उद्धारमा खटिने बिषयमा पनि छलफल भएको सचिब धामीले जानकारी दिनुभयो । यो अभियान पालिकाका सात वटै वडामा संचालन गरिने उहाँको भनाई छ।

शुभकामना आदानप्रदान कार्यक्रम संगै जनताका जनगुनासा सुन्न गाउँपालिकाको १ काँडा पुगेको कांग्रेस नेताहरूको टोलीले त्यहाँका भुकम्प पीडितहरुलाई भेटेर सहानुभूति दिनुका साथै भत्किएका घरहरू पुनर्निर्माणका लागि पार्टीका तर्फबाट तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता सहित फर्किएको छ। भुकम्प पीडितका घरहरू पुनर्निर्माण गर्न र पीडित परिवारहरुलाई राहतको प्रबन्ध मिलाउन तत्काल पार्टीका तर्फबाट पहल गर्ने पार्टी सचिब धामीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती संविधान सभाका सदस्य महासमिति सदस्य महा नेपालीले लोकतान्त्रिक पार्टी भित्र प्रतिस्पर्धा, असहमति तिक्तता कहिँले काहिँ हुने स्वभाविक बिषयहरु रहेको बताउनुहुँदै बिगतमा भएका असमझदारी,असहमति, व्यक्तिगत असन्तुष्टि र एकआपसका तिक्ततालाई भुलेर पार्टीको हित र पार्टीलाई बलियो बनाउन तिर लाग्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी बलियो भएपश्चात् जनताका पक्षमा एकताबद्ध भएर काम गर्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकाको विकासका लागि नेपाली कांग्रेसको पुनः जनतालाई आवस्यकता परेको नेता नेपाली दाबी गर्नुभएको छ । त्यसका लागि सबै कांग्रेसहरु एकताबद्ध हुनुको अर्को विकल्प नरहेको नेपालीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!