युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
132 पटक पढिएको

बाजुरा– जिल्लामा लगातारको अविरल वर्षा पछि जिल्लामा चल्ने सबै ठाँउका सडकहरुमा अवरुद्व आएको छ । तिन दिन देखी आएको अविरल वर्षाका कारण जिल्लाका सबै सडक अवरुद्ध भएका छहुन । बाजुराको मुख्य सडक मानिने सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग पनि अवरुद्ध भएको छ । साँफे–मार्तडी सडक खण्डमा आएको अवरुद्वका कारण सदरमुकाम सम्म आओत जाओत गर्न निकै नै सास्ती खेप्नु परेको छ । वर्षा यामको समयमा हरेक बर्ष बाजुराका जनताहरुले यातायामा सास्ती खेप्नु परेको छ । सडक राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि पटक–पटक सडकहरु अवरुद्ध हुदै आएका छन ।

मार्तडी साँफे सडक खण्ड अन्तर्ग बार्जुगाड देखि मार्तडीका विभिन्न ठाउँहरुमा पहिरो आएपछि मुख्य सडक नै अवरुद्व बनेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले लोकतन्त्र विहानी न्युजलाइ बताएका छन् । बार्जुगाडको खोला देखि मार्तडीसम्म लगातारको वर्षाका कारण पहिरो बगिरहेकाले राजमार्ग अवरुद्ध भएको उनले बताए ।

साँफे–मार्तडी सडकखण्ड अन्तरगत पर्ने बुढीगंगा नगरपालिका–१ अम्कोटमा बर्ष याममा सधैँ पहिरो जाने गरेकोले त्यउक्त पहिरोको व्यवस्थापनका लागि तत्काल दिगो उपाय अरु कुनै हुन सक्ने नभएकोले पहिरो पन्छाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण बाटो खुलाउन नसकिएको उनको भनाई छ ।

साँफे–मार्तडी सडक खण्ड अन्तरगतको बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउला लगायतका ठाँउहरुमा हरेक वर्ष पहिरो जाने गरेको प्रशासन कार्यालय बाजुराले जनाएको छ । वर्षा नरोकिए सम्म पहिरो बग्न पनि नरोकिने भएकाले वर्षा नरोकिदासम्म बाटो खुलाउन पनि कठिनाई भएको तत्काल राजमार्ग खुलाएर सवारी साधन आवतजावत गर्न कठिनाई भएको प्रजिअ अधिकारीको भनाई रहेको छ । साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएसंगै सवारी साधन आवातजावत पनि ठप्प भएका छन् ।
त्यस्तै जिल्लाको पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको अविरल वर्षासंगै बाउली खोला र अनाई खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
त्यसैगरी मार्तडी घटमुना जोड्ने सडक पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाव बढेको र उक्त सडकको विभिन्न ठाउँमा स–साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । बल्दे आटिचौर सडक पनि वर्षातका कारण अवरुद्ध भएको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको सडकको ठाउँ–ठाउँमा पहिरो खस्न थालेपछि सडक बन्द भएको हो ।
लगातारको वर्षाका कारण ग्रामिण भेगका सडक समेत अवरुद्ध भएका छन् । स्थानीय तहले निर्माण गरेका सडकहरु समेत अवरुद्ध हुँदा सवारी साधन चल्न बन्द भएका छन् । त्रिवेणी, बुढीगंगा, खप्तडछेडेदह, गौमुल र मार्तडीका विभिन्न ग्रामिण सडकहरु अवरुद्ध बनेका हुन् त्यसैगरी बुढीनन्दा, हिमाली, जगन्नाथ र स्वामीकार्तिक गाउँपालिकामा निर्माण गरिएका ग्रामिण सडकहरु पनि अवरुद्ध बनेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!