युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
96 पटक पढिएको

काठमाडौँ– नव नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष बहुमतको आधार पेस गरेर गत जेठ २९ गते पोखरेल मुख्यमन्त्री बनेका हुन्।

त्यसको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसअनुरूप मुख्यमन्त्री पोखरेलले नियुक्तिको ७ दिनमै आज विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि अहिले बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन्।

गत जेठ २८ गते पोखरेलले आफ्नो पार्टी कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थन जुटाई मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए। जतिबेला गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ६० थियो।

तर यसअघि मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला पार्टीको ह्विपविपरीत तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ मा झेरको छ। योसँगै अब बहुमतको संख्या पनि ३० मा झरेको छ।

गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन्। यसर्थ आज मुख्यमन्त्री पोखरेलले कथं पहिलेको समर्थनअनुसार बहुमत पाउन सकेनन् भने उनको पद त जाने नै छ, प्रदेश सभा पनि विघटनतिर जानेछ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका थिए। यस उपधाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

तर विश्वासको मत प्राप्त गर्न नसकेका खण्डमा त्यसरी मुख्यमन्त्री कामचलाउ मुख्यमन्त्रीमा परिणत हुनेछ र उसले प्रदेश सभा विघटन र ६ महिनाभित्र मध्यावधि चुनाव घोषणका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ।

यसर्थ यसअघिको समीकरणमा थोरै मात्र फेरबदल भएका खण्डमा गण्डकी प्रदेशमा उलटपुलट हुने सम्भावना छ। बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ पुगेका मुख्यमन्त्री पोखरेल आज बिहान पोखरा फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!