बाजुराः जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोली रहेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ढोलीले ती किशोरीलाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताएका छन् । औपचारीक उजुरी भने नपरेको उनले बताए । पिडक पिडित दुबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई सकिएको र त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको उनले बताए ।