मिन बहादुर खड्का/बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका वडा न ६ मा पर्ने बिरेखोला झर्ना आन्तरिक पर्यटनको मन जित्दै छ । यसको सौन्दर्यता र पर्यावरणको प्रचार प्रसार हुन नसक्दा राज्यको आँखा नपर्दा सो झर्ना ओझेलमा परेको छ ।
बर्षदको समयमा सो झनाको वाहप बढ्ने भएको हुँदा आन्तरिक पर्यटन हरुको अवलोकन गर्नेको संख्या बढ्दै गएता पनि यस झर्नालाई सम्पदाको सुचिकृत गनृ नसक्दा ओझेलमा परेको स्थानियहर बताउछन । करिव २०० भन्दा बढी फिट उचाईमा रहेको सो झरना हेर्न दैनिक १०० जना भन्दा बढि आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बर्षादको समय सुरु भए लगत्तै हरेक बर्ष आन्तरिक पर्यटकहरु उक्त झरना हेर्न आउने गर्दछन ।
उसो त बाजुरा जिल्ला प्राकृतिक सौन्दर्यताले शुदुरपश्चिमको एक सौन्दर्यताले भरिपुर्ण जिल्लाको रपमा चिनिन्छ बाजुरा । बाजुरा आफैंमा अलौकिक सौन्दर्य भएको जिल्ला हुदा र परेटकिय सम्भावना बोकेको शुदुरपश्चिमको जिल्ला मध्ये एकमा पदृछ । त्यसैमा पनि बाजुरा जिल्लाको सदरमुकाम मातृडी नजिकै पनेृ विरेखोला झर्ना पर्यटक भित्र्याउने आफैमा मनमोहक ठाँउका रपमा चिनिन्छ । अति पर्यटन क्षेत्रको सम्भावना बोकेको उक्त झरनाको उचित व्यवस्थापन, उत्खनन र प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
आफ्नै बेगवानको गतिमा, आफ्नै बाहकको रफ्तारमा बगिरहने झरना र त्यहा वरिपरिको मनोरम दृश्य अवलोकन गर्दा जो कोहीको मन लोभिने गरेको पाइन्छ । म यो झर्ना हेर्न दुई पटक आए । पहिला एस्तो ब्यवस्थित थिएन । रोड बाट एहा सम्म पुग्न बाटो अप्ठ्यारो थियो। अहिले बाटो निर्माण गरेको रहेछ । पहिलाको भन्दा केहि ब्यबस्थित गरेको छ अझै थप ब्यवस्थित गर्नुपर्ने देखिन्छ ।
एक आन्तरिक परेटक बुढिगंगा नगरपालिका वडा न ५ फालासैनमा रहेको किसान लघुबित्तका फिल्ड साहेक गणेश बहादुर थापाले भने । बाहिरबाट आउने पर्यटकका लागि खान बस्नको समेत ब्यवस्था गर्न सके बाह्य परेटकलाई पनि भित्र्र्याउन सकिने उनको भनाई रहेको छ । दुई बर्ष एता चर्चा परिचर्चा मा आएको उक्त झरना को संरक्षण र प्रबर्द्धन गर्न सम्बन्धित वडा, नगरपालिका लगायत अन्य सरोकारवालाहरुको चासो बढेको कोर्ध सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर बडुवालले बताए ।
उनका अनुसार डिभिजन बन कार्यालय, बडिमालिका नगरपालिका ,कोर्ध बडिमालिका बन उपभोक्ता समितिको साझेदारीमा र रु ६ लाखको जनश्रमदान गरि रु १८ बराबर लागत खर्च गरि सडक देखि झरना सम्म पुग्ने बाटो निर्माण गरिएको उनले बताए । सो झरनाको प्रबर्द्धनमा वडा,नगर र अन्य सरोकारवाला क्षेत्र निरन्तर प्रयासमा रहेको उनको थियो । सो झरनाको परेटन प्रबर्द्धनका लागि पुन: बडिमालिका नगरपालिकाले रु १५ लाख र ६ न वडाले रु ५ लाख रकम बिनियोजन गर्ने निर्णय भइसकेको समेत बडुवालले बताएका छन ।
झरना हेर्न बाजुरा जिल्ला बाहिर अछाम, डोटी ,डडेलधुरा लगायतका शुदुरपश्चिमका जिल्लाहरुबाट पर्यटक आउने गरेका छन । अब एउटा बिरे खोला संरक्षण समिति गठन गर्ने निर्णय गरेका छौं । झरना हेर्न आउने टिकट काटेर मात्र भित्र जान पाउने ब्यवस्था गरिनेछ । एसलाई थप ब्यवस्थित मात्र नभएर पर्यटकिय क्षत्र बनाउने नगरपालिकाको दीर्घकालीन लक्ष रहेको उनले बताए । अबको एक दुई बर्षमै बिरे खोलाको मुहार फेरिने कुरामा आफू बिश्वस्त भएको उनले बताए ।