मिन बहादुर खड्का – नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य एबं नेपाल दलित संघ बरिष्ट उपााध्यक्ष कौशल बि.क.नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी ओमकार बोगटीले पौरखि बहसमा बोल्दै अबको राजनितिमा दलित र जनजातिको समान पहुच हुने बताएका छन ।
कार्यक्रममा बोल्दै अब आगामी दिनमा हुने नेतृत्व चयनमा दलित र जनजातीको समान पहुच हुनुपर्नेमा आफ्नो जोड रहेको नेता बि.क र बोगतिले बताएका हुन ।
दुबै जनासंग भएको बहस कार्यक्रममा पत्रकारले अबको राजनितिमा दलित र जनजातीको समान सहभागिता हुन्छ अथवा हुदैन भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता बि.क र बोगटीले दलित र जनजातीको मागहरुको सम्बोधन वा समयाहरुलाइ समाधान गर्नका लागि अबको राजनितिमा दलित र जनजातीको समान पहुच हुनुपर्नेमा जोड दिएका छन ।
नेता बि.कले बहस कार्यक्रममा आफु दलितहरका हक अधिकार सुनिश्चितताका लागि अग्रपंतिमा खतेर काम गरिरहेको बताएका छन । साच्चिकै दलितहरुका मागहरुलाई सम्बोधन गर्नका लागि दलित पनि नेतृत्वमा आउनु पर्ने नेता बि.क को भनाइ रहेको थियो । बिगतका दिनहरुमा करिव ३० बर्ष निजामती कर्मचारी समेत रहेका नेता बि.कलाई एक्कासि राजनितिमा जांदा जनताले कसरी बिश्वास गर्छन भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता बिकले आफु निजामति कर्मचारीमा हुदा पनि दलित जनताका सवालहरुलाई सम्बोधन गर्दै आइरहेको हुदा त्यतिबेलाको समयमा पनि आफु अप्रतक्ष रुपमा जनताका निमित्त काम गरेकोले जनताले आफुलाई बिश्वास गर्नेे कुरामा कुनै मत नभएको र अव प्रतक्ष ढंगले जनता सामु जाने आफ्नो चाहाना रहेको उनको भनाई रहेको थियो ।
पत्रकारले नेता बोगटीलाई तपाई माहाधिबेशनमा भोट हालि सकेपछी पद बिहिन हुनुभयो ।के तपाई माहाधिबेशनमा भोट हाल्नका लागि मात्र प्रतिनिधि हुनु भएको हो । जनताले तपाइलाई कसरी बिश्वास गर्छन भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता बोगटीले पदमा रहेपनि नरहेपनि जनतामा सर्मपित रहेको जनताका मागहरलाई सम्बोधन गर्ने कुरामा आफु कहिले पछी नपरेको उनले बताए । आफु पदका लागि भनदा पनि जनताका लागि राजनितिमा लागेकोले पदमा नभउपनी जनताका निमित्त काम गर्ने नेता बोगटीको भनाई रहेको थियो ।
बहस कार्यक्रममा बोल्दै दुबै जना नेताले अव नेपाली कांग्रेस बाजुरा जिल्लाकै ठुलो । शक्ति शाली पार्टी बन्ने कुरामा आफु दुबै जना बिश्वसत रहेको बताएका छन ।त्यसैगरी आसन्न जिल्ला अधिबेशन सभ्य र भव्य तरिकाले सम्पन्न गर्नका लागि गुट उपगुटमा नलागिकन एकताको अधिबेशन गर्न र पार्टीलाइृ बलियो बनाउनका लागि कांग्रेस बाजुराले जोड गरिरहेको बताएका हुन । सकेसमम सहमतिका आधारमा चुानवी प्रक्रियामा नगएरै अधिबेशन सफल पार्नका लागि कांगे्रस निकत नेता कार्यकर्ता लागि परेको बताएका छन । अबको अधिबेशनले कुसल, कर्मठ, जुझारु र बाजुरेली जनताका पिर मर्का हरलाई सम्बोधन गर्ने खालको नेतृत्वमा चयन गर्ने तयारिमा कांग्रेस बाजुरा रहेको उनिहरु दुबै जनाको भनाई रहेको थिथो ।