राम बहादुर दानी/ बाजुरा– नेपाली काँग्रेसको आशन्न ७ औँ जिल्ला अधिबेशनको चटारो जिल्ला भरी चलि रहेको छ । यसै क्रममा जिल्लाका बिभिन्न वडाहरुमा टोल समितिहरु गठन भैरहेका छन जिल्लाको दक्षिणी भेगमा पर्ने बुढीगंगा नगरपालिका वडा नं. ९ जुवापानीमा पनि टोल समिति गठन गरिएको छ ।
पुर्व साबिकको बाह्रविस गा.बि.स वाडा नं. ५ का वडाअध्यक्षमा प्रत्यासी तेज बहादुर सिंहको अध्यक्षतामा बसेको टोल समिति गठन बैठकले बुढिगंगा नगरपालिका वार्ड न ९ जुवापानी मा १६ जनाको टोल समिति गठन भएको छ । जसमा टोल समिति अध्यक्ष वीरेन्द्र बहादुर सिंहको संयोजकत्वमा उपसभापति नरेन्द्र सिंह, सचिब बल बहादुर सिंह, सह–सचिव हिक्मत सिंह, कोषाध्यक्ष सानू देबि सिंह लगायत १६ जनाको टोल समिति गठन गरेका नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी जन बिक्रम सिंहले जानकारी दिए । टोल सकिमिति गठनमा पुर्ब बाह्रविस गा.वि.स उपाध्यक्ष सुर्य बहादुर सिंह, बर्ख सिंह, जनक सिंह र नर सिंह ,लगायत ४० जना बढीको उपस्थिति रहेको थिया । टोल समिति गठनमा नेपाली कांग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि जनक बिक्रम सिंह, नेपाली कांग्रेस बाजुराका आमन्त्रित सदस्य खगेन्द्र बहादुर सिंह, राहत शिक्षक संघ केन्द्रीय सदस्य कर्ण बहादुर सिंह लगायत आमन्त्रित अथितिहरुको उपस्थिति रेको थियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि आमन्त्रित सदस्य लगायतले कांग्रेसलाई टोल स्तरबाटै जागरुक र बलियो काँग्रेस बनायौ भने कांग्रेस कुनै पनि तह र तप्कामा कम्जोर नहुने कुरामा जोड दिइएको थियो । महाधिवेशन प्रतिनिधी सिंह ल कार्यक्रममा बोल्दै आसन्न १४ औं रास्ट्रिय महाधिवेशन र ७ औ जिल्ला अधिबेशन सहमति सहकार्य र एकताका साथ सम्पन्न हुने कुरामा सबै नेता तथा कार्यक्रर्ताहरु ढुक्क रहन अपिल अपिल गरेका थिए ।