बाजुरा-जिल्लाको बडिमलिका नगरपालिकामा रुखबाट लडेर एक बृद्र्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा न . ७ रजातोली स्थायी घर भएका ६५ बर्षिया रत्न पाध्याय रहेका छन । मुर्त पाध्यायको बुझनटोला भन्ने ठाउँमा पाला कात्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो । बिहान घरबाट पाला कात्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा पनि घर नफर्केपछी आफन्तले गएर खोजी गर्दा पाध्याय मृर्र्त फेला परेका हुन । मृर्तकको अन्तिम दाहासस्कार भोलि गरिने पारिवारिक श्रोतले जनाएको छ ।











