युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
201 पटक पढिएको

Open photo

बाजुरा–जिल्लाको बुढिगंगा नगरपालिकामा नगरप्रमुखा उम्मेदवार रंग बहादुर खाती र उपप्रमुखकी उम्मेदवार रिता साहि ११ प्रतिबद्धा सहित चुनाव लड्ने भएका छन् । आसन्न स्थानिय निार्वाभनमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार रहेका खाती र शाहीले नगरपालिकाको समग्र बिकास र सवृद्धी, सवृद्ध बुढिगंगा नगर सु्खि बुढिगंगा बासी बनाउने संकल्पका साथ ११ वटा प्रतिबद्धता अघि सारेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

यि हुन हेर्नुुहोस प्रतिवद्धताहरु तस्विरमै देख्न सकिन्छ

Open photo

खाती र शाहीलाई नगरकै बलियो तथा अव्वल उम्मेदवारका रुपमा ठहरीदै आएका छन् । खाती र शाहीले टिकट पाउने बित्तिकै नगरमा कांग्रेसको आसन्न स्थानिय निर्वाचनमा जित सुनिश्चित भइसकेको नगरबासी कांग्रेसीजनहरुको भनाई छ । सवृद्ध नगर सुखि नगरवासीको अभिवारालाई पुरा गर्न सक्ने नगरप्रमुखका उम्मेदवार खाती र नगर उपप्रमुखकी उम्मेदवार शाही जत्तिकै अर्का उम्म्ेदवारहरु कतै खोज्न जानुनपर्ने बुढिगंगा नगरवासीहरुको छ । यतिवेला खाती शाहीका चर्चा पनि उत्तिकै चलिरहेको छ । प्रचारप्रसरमा पनि अधिकांस नगरपालिका भित्रका युवाहरु जुटेका छन् ।

नगरपालिकाको बिकास र नगर बासिको सहिता लागि बौद्धिक व्यक्तित्व खाती र असल युवा नेतृ शाहीलाई जिताउनु बाहेकको अर्को बिकल्प नरहेको युवा बिद्याथर्गी नेता तपेश रावलले बताएका छन् ।नगरपालिकाको समग्र बिकास र नगरपासिलकाको मुहार फेर्न नयाँ अनुहारलाई नेतृत्व पक्तिमा ल्याउननै नजगरपालिका र नगरपालिको हित हुने उनले बताए । नेपाली कांग्रेसका उम्मेदवार खाती र शाही जत्तिकै अव्वल उम्मेदवार अर्को नरहेको ठहर रावलको छ । यता नेकपा एमालेबाट खाती र शाहीका प्रतिसपर्धी पनि उत्तिकै अव्वल उम्मेदवारहरु रहेका छन् ।

उनक प्रतिसपर्धी नगरप्रमुखका उम्मेदवाखर राम बहादुर बानियाँ र उपप्रमुखकी उम्मेदवार मायाँ कँुवर पनि चुनावी मैदानमा उत्रियका छन् । यतिवेला नगरमा एमाले र कांग्रेस बिच कडा भिडन्त हुने देखिन्छ । तर वाजी कसले मार्ला भन्ने कौटुहल्ताको बिषय रहेको छ । खाती र शाहीले बानजी मार्ने कांग्रेसीजनहरु बताउन्छन् । यता नेकपा एमालेका उम्मेदवार विजयी बन्ने दावी एमालेका नेता कार्यकर्ताहरुको छ । यतिवजेला नगरपालिका बलियो उम्मेदवारका रुपमा भने खाती र शाहीलाई नै लिने गरिएको छ ।

एमालेबाट नगरप्रमुख र उपप्रमुखका बानियाँ र कुँवर २०७४ को स्थानिय निर्वाचनमा पाराजित भएका थिए । बाँनिया र कुक्वरलाई नेपाली कंग्रेसका दिपक बिक्रम शाह र उपप्रमुखकी उम्मेदवार तारा थापा खातीले पाराजित गरेका थिए । शाह र थापा संग पराजय भोगेका बाँनिया र कुँवर पुनः नेपाली कांग्रसकै बलियो उम्मदवारहरु संग प्रपितसपर्धीका रुपमा चुनावी मैदानमा छन् । तर नेता खाती र शाहीलाई पराजित गरेर चुनाव जित्न भने नेकपा एमालेलाई सकस देखिएको छ । तर चुनाव जसरि पनि जित्ने दावी नेकपा एमालेको पनि छ । बुढिगंगा नगरपालिका नेकपा एकमालेका स्थाई कमिटी सदस्य कर्ण बहादुर थापा, पुर्व संसद केन्द्रिय सदस्य लाल बहादुर थापा सुदुरपश्चिम प्रदेश पुर्व आर्थिक मामिला तथा कानुन मन्त्रि एवम केन्द्रिय सदस्य प्रकाश बहादुर शाह, त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट न्यात्रिवक्ता खम्म बहादुर खाती, पुर्व संविधान सभा सदस्य तथाख सुदुर पश्चिम प्रदेश प्रमुख देवराज जोशीको गुह नगर हो ।

केन्द्रिय स्तरको नेतृत्व गरेका प्रतिभाशाली नेताहरुको गुह नगर भएकै कारण पनि उक्त नगरमा कडा प्रतिसपर्धा हुन सक्ने सम्भावना देखिएको छ । प्रदेश र केन्द्रिय स्तरको नेतृत्व गर्ने नेता मात्र होइन नगर भित्र एमाले वा कांग्रेृस दुवै पार्टीमा सक्षम जुझारु, युवा नेताहरु छन् । बुढिगंगा नगरपालिकालाई नेताको गणका रुपमा चिनिदै आएको छ । नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदखवार रहको बाँनियान लामो समय देखिको राजनिति अनुभवा बटुलेर राजनितिमा तलिन छन् भने नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार खाती शिक्षण पशा गरेर राजनितिमा तलिन छन् । आफु पेशाले शिक्षक भएपनि नेपाली कांग्रेस प्रति आफ्नाचे लामो त्याग तपस्या लगानी र योगदानख रहेको खातीले बताएका छन् । पेशाले शिक्षक भएपनि खाती जिल्लाकै बौंद्धिक व्यक्तित्वका रुपमा पहिलादेखि नै चिनिदै आएका छन् । खाती शिक्षक पेशामै हुदा चर्चा कमाउन सफल एक सक्षम व्यक्तित्व हुन ।

यस्तै नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार रहेकी रिता शाही जिल्ला भित्र मात्र नभई जिल्ला बाहिर पनि उत्तिकै परिचित छिन् । नेतु शाही राजनितिमा लाग्नु भन्दा अघि निरन्तरर समाजमा रहेका गरिव विपन्न असाय असक्तहरुको सेवामा समर्पित थिइन उनले आफ्नो समाज सेवालाई राजनितिमा लागेपछी थप निरन्तरता दिदै आएकी छन् बुढिगंगा नगरपालिका का लागि शाही जत्तिकै महिला नेतृ अन्त कतै खोज्न जानुनपर्ने उनका समर्थक युवा बिद्यार्थी नेता रुगम रावलले बताए । रावलका अनुसार नेतृ शाही र नेता खातीको जितको सम्भावना बढी दखिएको बताइएको छ । नेकपा एमालेका उम्मेदवार हरु भन्दा अव्वल उम्मेदवार नेृपाली कांग्रेसकै उम्मेदवार नै रहेको र नगरपालिकाको हितका लागि खाती र शाहीलाई बिजयी गराउन आवश्यक रहेको उनको भनाई छ ।

खाती र शाहीका समर्थकहरुले यतिवेला कांग्रेसका उम्मेदवारहरु नै बलियो र अव्वल रहेको र कांग्रेसका उम्मेदवारहरु संग एमालेले प्रतिसपर्धा गर्न नसक्ने नगरमा कांग्रेसको जित सुनिश्चिर रहेको बिचारहरु व्यक्त गर्दै आएको पाइन्छ । स्थानिय निर्वाचन २०७४ मा दिपक बिक्रम शाह र तारा थापा खाती संग पराजय भोगेका एमालेका उम्मेदवारहरु संग प्रतिसपर्धा गर्न खासैं आफहरुलाई सकस नहुो ठहर नेपाली कांग्रेस बुढिगंगा नगरपालिकाको छ । अघिल्लो निर्वाचनखमा पराजित भएका नेकपा एमालेका उम्मेदवारहरुलाई यतिवेला पनि चुनाव जित्न भने निकै सकस देखिन्छ । तर चुनाव जसरी पनि जित्ने अखठोट नेकपा एमाले बढिगंगा नगरपालिकाको पनि छ । तर खाती र शाहीलाई पराजित गरेर चुनाव जित्न भने एमाले बुढिगंगाका लागि चुनौतिको बिषय रहेको नेपाली कांग्रेसका नेताहरुको भनाई छ ।

एमालेले भने जत्तिकै सजिलै चुनाव जित्न सहज वातावरण भने नरहेको कांग्रेस नेताहरुको बिचार छ । यतिवेला नेताकार्यकर्ताहरु आफ्नो पार्टीले नै चुनाव जित्ने होडबाजी गरिहेका छन् । बुढिगंगा नगरपालिकामा कांग्रेसले नै चुनाव जित्ने सम्भावना बढी कसरी र कांग्रेस उम्मेदवारहरु नै अव्वल किन ?भन्ने कुरा सवैका लागि जिज्ञासाको बिषय बनेको छ । अर्को कुरा चुनावमा बाजी कसले मार्ला यो पनि कौटुहल्ताको बिषय नै हो ।

को हुन त नेता रंग बहादुर खाती र नेतृ रिता शाही ?
यि हुन हेर्नुहोस नेता रंग बहादुर खाती

जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ४ स्थायी घर भएका नेता रंगा बहादुर खाती गरिव परिवारमा अनैकौँ दुखः कष्ट र अभावहरुका बिच हुर्के बदेका थिए । खातीलाई उनका बुवाले मुसलमानको नोकरी गरि बुढिगंगाको बिभिन्न ठाँउहरुमा घुम्ति व्यापार गरि खातीलाई उच्च शिक्षा पढाएका थिए । सानै देखि राजनितिमा चाँसो राख्ने खाती परिथिति वस शिक्षक बन्न पुगे । पेशाले शिक्षक बनेपछी खाती खुला राजनितिमा भने आएनन् । बरु पार्टी प्रतिको आस्था निस्ठा र बिचारलाई भने कहिले त्यागेनन् । बरु पार्टीलाई बलियो बनाउनका लागि साथ सहयोग गर्दै आए । खातीले राजनितिमा लागेकाहरुको भन्दा शिक्षण पेशा गरेरै चर्चा कामउन सफल बने । नेता खातील शिक्षण पेशा गर्दै ४० बर्ष लामो अनुभव बटुलेका छन् । लामो समयसम्म बिभिन्न ठाँउयको नेतृत्व गरेका खातीले लामो समय सम्म पदिय जिम्मेवारीमा रहदा कुनै प्रकारको दुरुपयो गरेका थिएनन् । नेता खातीले आजभन्दा ३० बर्ष अगाडी नै ४ वटा बिषयमा डिग्रि पास गरिसकेका थिए । खाती भानोदय मा.वि का प्रधानाध्यापक समेत रहेका थिए ।

खाती शिक्षक मात्र थिएनन् साकिको कुल्डेमान्डौँ गाविसका एक बांद्धिक व्यक्तित्व समेत हुन । समुदायको बिकास र परिवर्तन प्रति खाती शिक्षण पेशामै रहदा पनि चासो राख्थे । समाज रुपान्तरण परिवर्तन र बिकास प्रति चासो राख्ने खाती राजनितिमा आउनु पर्ने माग पहिला नै थियो । खाती खुला राजनितिमा आइसकेपछी बुढिगंगा नगरपालिकाको कांग्रेसका लागी थप बलियो आधार समेत तयार भएको थियो । व्यक्तित्वको हिसावले खाखती नगरपालिकाकै बलिया आधार हुन । नगरपालिकाको समग्र बिकास गरी नगरको मुहार फेर्न सक्ने साचिक्कै अव्वल व्यक्तित्व हुन । बुढिगंगा नगरपालिकामा खातीले चुनाव हार्नु नै सिङ्गो नगरपालिकाले हार्नु सरह हुने खातीका समर्थक बडिमालिका क्याम्पस फालासैनका पुर्व क्याम्पस प्रमुख नर बहादुर बटुवालले बताए ।

नगरपलिकामा खातीले टिकट पाउने बित्तिकै खातीको हत्याधिक चर्चा हुन थालेको हो । उनका समर्थकहरुले सामाजिक सञ्जालमा उनको कडा प्रचार प्रसार समेत गर्दै आएका छन् । सो नगरपालिको वडा न. ५ का एक स्थानियले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् । उनले कुल्डेमान्डौँलाई उज्यालो बनाउने खातीलाई मतदान गरि बिजयी गराउनु बुढिगंगा नगर आफै उज्यालो बन्नेछ । भने जस्तै खातीकै पहलमा साविकको कुल्डेमान्डौँ वासीले उज्यालो बाल्न पाएका थिए । सल्लाको झरा र टुकि बालेर दिनहरु गुर्जादै आएका कुल्डेमान्डौँ बासीहरुका घरघरमा बत्ति पुर्याउन सफल खातीलाई खातीलाई उज्यालो अभियान्ताका रुपमा लिने गरिन्छ । बिकासबादी चिन्तन र परिवर्तनकारी मनोकांक्षा भएका खाती बुढिगंगा नगरपालिकाले रुचाएका र नगरका लागि सुहाँउदो अव्वल उम्मेदवार पक्कै नै हुन ।

नगरको बिकास र परिवर्तनका लागि खातीले केही गर्न सक्दैनन् की भनेर जिज्ञासा राख्नु लज्जासपद बिषय नै हो । खाती बिजयी बनेपछी नगरपालिकाको बिकास र नगरवासीको हित हुन्छ अथवा हुदैन भन्ने कुरामा कुनै दुइमत नै छैन । नेता खाती जनताको जनभावनालाई कदर गर्ने सवैलाई समान नजरले हेर्ने असल सक्षम र जुझारु नेतुत्व हुन । यतिमात्र होइन नेता खाती गरिव दिन दुखिहरुको पिडामा मलम पट्टि लगाउन सक्ने, पदिय जिम्मेवार पुरा गर्ने, प्रलोभनमा नपर्ने, आफ्नो सिजम्मेवारी दुरुपयोग नगर्ने सक्षम नेतृत्व गर्ने नेता हुन ।

यस्तो छ खातीको राजनिति पुष्ठभुमि

डोटी क्याम्पसबाट नेपाल बिद्यनाखर्थी संघबाट राजनिति यात्रा प्ररारम्भ गरेका नेता खाती दुइ पटक नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष बनेका थिए । नेता खाती २०७३ सालमा शिक्षक पेशाबाट रिटार भएपछी खुला राजनितिमा लागेका हुन । राजनितिमा लागिसकेपछी खाती नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश (ख) को सभापति समेत बनेका थिए । पेशाले शिक्षक रहेका खाती नेपाल बिदार्थी संघका नेतृत्व गर्दै बिभिन्न समयमा नेपाली कांग्रेसका बिभिन्न भातृ संघ संगठनको नेतृत्व गर्दै आएका थिए । खाती बिभिन्न संघ सस्थाहरुबाट सम्मानित समेत बनेका थिए । आसन्न स्थानिय निर्वाचनमा बुढिगंगा नगरपालिकामा कांग्ेको तर्फबाट नगरप्रमुखको उम्भ्मेदवार समेत रहेका छन् । उतिवेला खाती चुनावी मैदानमा उत्रिएका छन् । खातीको चुनाव जित्ने सम्भावना बढी देखिएको छ ।

यि हुन हेर्नुहोस नेतृ शाही कस्तो छ शाहीको राजनिति पुष्ठभुमि

हुन त शाहीलाई नचिन्ने प्राय कमै होलान पेशाले शाही नर्स रहेकी शार्ही नेपाली कला र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउने एक प्रखर साहित्यकार समेत हुन । रिता ती मान्छे पनि हुन जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन । जसले बाजुरेली जनताका लागि गरेको उल्लेखनीय योगदान प्रसंसनिय छ ।जहाँ समस्या उत्पन्न हुन्थ्यो त्यहा सवैभन्दा पहिला शाही पुग्थीन ।

शाही राजनीति आईसकेपछी शाहीका समर्थकहरुले जिज्ञासा् गर्न थालेका छन । के शाहीले राजनीतिमा नेता बनिसके पछि पनि पहिला जस्तै काम गर्लीन त यो कौटुहल्ताको बिषय बनेकोे छ ।नेता बनिसकेपछि कसले राम्रो काम गर्छन भनेर एकतर्फी कुराकानी पनि चलिरहेको छ ।तर एता सानै उमेर देखि समाज सेवामा समर्पित हुदै आएकी शाहीले यो बिषयमा बोल्दै आफू हिजो पनि जनताको सेवामा समर्पित थिए आज पनि छु र भोलि पनि रहने बताएकि छन । म नेपाली कांगे्रसमा आस्था पहिला देखि नै राख्थे मैले बिद्यार्थी उमेरमा हुदा जनकल्याण मा.वि मा ४ बर्ष सम्म ने। बि संघकी अध्यक्षमा रहेर काम गरेकी थिए । त्यो भन्दा पछी मैले प्रतक्ष ढंगबाट राजनिति गरेन । म बिभिन्न समयमा अप्रतक्ष रुपमा पार्टीका लागि योगदान दिदै आएकी छु । मैले समाज सेवा गरेपनि राजनितिमा सानै देखि रुचि राख्दै आइरहेकी थिए । हिजो अप्रत्यक्ष रुपमा जनताको सेवा गर्थे भने अव एक अशल नेतृ बनेर जनताको सेवा गर्ने र समाजको बिकास र परिवर्तनका लागि योगदान दिने मेरो उदेश्य रहेको छ ।

राजनीति गर्नेले राम्रो कान गर्न सक्दैनन् भन्ने छैन । कहिलेपनि राजनीति नराम्रो हुदैन राजनीति गर्ने मान्छे गलत हुन्छन । सबै कुरा ब्यक्तिको आचरणमा भर पर्छ म पदको लोभ लालचको राजनीति भन्दा पनि जनताको हित र समाजको बिकास हुने खालका काम गर्ने प्रत्यत्न गर्नेछु । एतिबेला मैले बुढिगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छु । सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने कुरामा त म बिश्वस्त छु । सम्बन्धित सबैले सहयोग गरिदिन हुन अनुरोध गर्दछु उनले भनिन् ।

शाही अव साहित्यकार र समाजसेवी मात्र रहिनन् बाजुराले खाजेजस्तै,बाजुराका लागि सुहाउने, बाजुराकी एक आषा अनि भरोसाकी महिला नेतृ पनि बनेकी छन । एक कुशल कर्मठ र इमान्दार मात्र नभई नेपाली कागे्रस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ भएर पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास, महिलाहरुका सवालहरुलाई उठान गर्ने, महिलाहका समस्याहरुलाई समाधानका लागि पहल गर्ने, समाजमा पिछडीएका बर्गहरुको साहारा,साहस बन्ने, समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने, र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने अवको लक्ष रहेको शाहीको भनाई रहेको छ । शाहीले उपमेरमा टिकट पाएपछी उनका समर्थकहरुभने यतिवेला उनको प्रचार प्रसारमा जुटेका छन्। नेतृत्वमा शाही जत्तिकै सक्षम नेतृत्व गर्ने महिला नेतृ खोजेपनि नपाइने उनका समर्थकहरुले बताउदै आइरहेका छन् ।यसकारण शाही बलियो अनि अव्वल उम्मेदवार हुन ।

शाहीले जित्ने सम्भावना पनि रहेको छ । ११ प्रतिबद्धा सहित चुनाव लड्डै नगर प्रमुख उपप्रमुखका उम्मेदवार खाती र शाही बिजयी बन्ने प्रवल सम्भावन देखिएको छ तर दुई दल बिच प्रतिसपर्धा भने कडा हुने देखिन्छ । यतिवेला नेपाली कांग्रेसका उम्मेदवार खाती र शाही जनताका समस्याहरु बुझ्नका लागी नगरमा घरदैलो अभियानमा जुटेका छन् । घरदैलो अभियान ७ वटा वडामा सम्पन्न भइसकेको र बांकी ३ वडा वडाहरुमा घरदैला अभियान जारी रहेको नगरपालिकाको नेपाली कांग्रेस नगर कार्य समितिको सम्पर्क समोन्वय समिति सचिवालय संयोजक निरोज शाहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!