बाजुराः जिल्लाकोे पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा न. ६ पाँडी गाउँमा नेपाली काङ्ग्रेसको घरदैलो अभियान कार्यक्रम गरिएको हिमाली गाउँपालिका वडा न.६ का टोल कार्यसमिति सभापति नरजित रावलले बताउनु भएको छ ।
घरदैलो अभियान कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा न.६ का टोल सभापति नरजित रावल, प्रमुख अथिती नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, बिशिस्ट अथिती नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा हिमाली गाउँपालिका वडा न.४ का अध्यक्ष रमेश वि.क, अथिती नेपाली काङ्ग्रेस बाजराका क्षेत्रीय प्रदेश (क) उपसभापति तथा हिमाली गाउँपालिका वडा न.७ का अध्यक्ष जय बहादुर अधिकारी, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति उपसभापति तिर्थ मल्ल, नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि तथा हिमाली गाउँपालिका वडा न.६ का वडा अध्यक्ष उम्मेद्बारी प्रबलाल भण्डारी, नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि रन बहादुर रोकाया, नेपाली काङ्ग्रेस हिलामी गाउँपालिका वडा न.६ का वडा कार्य समिति सभापति अमर रावल, शिक्षा संघ, ने.वि.संघ, दलित संघ, तरुण दल, महिला संघ, नेताकार्यकर्ता लगायत स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको छ ।
आसन्न स्थानीय तहको निर्वाचन मा बैशाख ३० गतेको चुनावी आम सभालाई चुनावी प्रचार प्रचार तथा घरदैलो अभियान कार्यक्रम उम्मेद्बारी अध्यक्ष गोबिन्द बहादुर मल्लले आफ्नो पहिलो २०७४ चुनावमा विजय भएपछि सपत खाएको र जनता सङ गरेका कार्ययोजना तथा बाचा पूरा नहुदा ५ वर्ष कार्यकालमा काम अधुरो हुँदा आफू त्यो बाचापूरा गर्नको लागि आफू पुनः हिमाली गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी रहेकोे मल्लको भनाइ छ ।