युनिकोड    राशिफल    एफएम रेडियाे                        
32 पटक पढिएको

बाजुरा —  बाजुराको दुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाका अधिकांस बस्तिहरुमा अहिले पनी संचार सेवाबाट बिमुख बनेका छन । हिमाली गाउँपालिका दर्जन बढि बस्तिका स्थानिय अहिले पनि एक कल फोन गर्न घण्टौँ हिडेर डाडाकाडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ ।

हिमाली गाउँपालिकाका वडा नम्मर १ बिच्छ्या आसपासका क्षेत्रहरु, वडा न ३ को गुम्बा गाउँ, वडा न ५ को कवाडी आसपास र वडा न ६ को पाँणी गाउँका नागरिकहरु अहिले सम्म फोन गर्न घण्टौँ हिडेर अग्लो ठाउँमा गएर फोन गर्न बाध्यतामा रहेका छन ।

फोनमा आफन्तसँग कुरा गर्नुपरे एक दिनको समय छुट्उनुपर्ने बाध्यता रहेको स्थानीय गोरख शार्कीले बताए । ‘महिलालाई त फोन गर्नै गाह्रो हुन्छ, पुरुषहरु त जसोतसो जान्छन् शार्कीको भनाई रहेको छ । महिलाहरुले फोन गर्नुपर्दा घरको सारा कामकाज छोडेर हिँड्नुपर्ने भएकोले महिलाहरुलाई थप समस्या हुने गरेको स्थानिय बताउँछन् । ‘यस्तो समस्या हुँदा पनि कसैको ध्यान गएन, केटाकेटी र वस्तुभाउ अर्कालाइृ जिम्मा लगाएर फोन गर्न जानुपर्छ उनिहरुको भनाई रहेको छ ।’

सम्बन्धित निकायमा पटकपटक घच्घच्याए पनि हुन्छ भन्ने आश्वासन दिने तर काम केही नगरिदिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दाको दैनिकी बनिसकेको उनले बताए । ‘सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ,’ अध्यक्ष मल्लले भने । हिमाली गाउँपालिकाका दर्जन बढि बस्तीका नागरिकहरु फोन गर्न अझै पनि डाँडा खोज्दै जानुपर्ने बाध्यता बनेको गाउँपालिका अध्यक्ष मल्लको भनाइ रहेको छ । यहोको समस्याका बिषयमा कार्यपालिकाबाटै निणर्य गरेर पटक पटक नेपाल टेलिकममा पुग्दा पनि कसैले चासो नदिएको गाउँपालिका अध्यक्ष मल्लको भनाई रहेको छ ।

स्थानिय तह भइसकेपछि केही बस्तीहरुमा भने फोन टावर बनाएको भए पनि बिकट भएका कारण सबै ठाउँमा संचार सेवा नपुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए । फोन सेवा नभएका गाउँका लागि पनि पटक पटक नेपाल टेलिकमा जिल्ला प्रदेश र केन्द्रीय कार्यालयहरु धाइसकेको भए पनि टेलिकमको ब्यवास्थाका कारण नागरिकले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । नेपाल टेलिकमको कार्यालयमा आबस्यक कागजात सहित धेरै पटक पुग्दा पनि टेलिकमले वास्ता नगरिदिएको गाउँपालिकाको गुनासो रहेको छ ।

‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन्,’ उनले भने। संचार सेवा नहुँदा हिमाली गाउँपालिकाका ७ वडा मध्य ४ वटा वडा कार्यालयहरुको काम समेत प्रभाबित बनेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीको भनाई रहेको छ । वडा कार्यालयमा समेत संचार नहुदा पालिकाको कार्यालयमा आउनुपर्दा नागरिकहरु समस्यामा पर्ने र धेरै खर्च हुने गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।

वडा न १ बिच्छयामा स्वास्थ्य चौकी माध्यामिक बिद्यालय र वडा कार्यालय समेत रहेकोले सो ठाउँमा अहिलेको संचारका कारण सेवा प्राभवकारी नबनेको गाउँपालिकाले जनाएको छ । वडा कार्यालयमा जन्म मृत्यु लगायतका धेरै कामहरु अहिले अनलाइृनबाटै गर्नुपर्ने भए पनि सो ठाउँमा नेटवर्क समेत नहुदा त्यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!