
बाजुरा- मँगलबार दिउसाे आएकाे ५ दशमलब ९ रेक्टर स्केलकाे भुकम्पले बाजुरामा एक महिलाकाे मृत्यु भएकाे छ ।जिल्लाकाे गाैमुल गाँउपालिका वडा नम्बर २ जुरेलीकी ३२ बर्षिया जमुना राेकायाकाे भुकम्पका कारण मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
मृत्यु भएकी राेकायाकाे दिउसाे गाउँ नजिकै रहेकाे जँगलमा घाँस काट्न गएकाे बेला ढुङ्गा लागेर मृत्यु भएकाे हाे । त्यस्तै जिल्लाका विभिन्न ठाँउमा ५ वटा घरहरु पुर्ण रुपमा भत्काेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताउनु भएकाे छ ।
दिउसाे पाैने ३ बजे आएकाे भुकम्पले बाजुरा जिल्लामा केन्द्रविन्दु बनाएकाे थियाे । जिल्लामा भुकम्पले घर भत्किदा ३५ पशु चाैपायाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । भुकम्पका कारण ५ वटा सरकारी कार्यालयमा पनि सामान्य क्षति भएकाे तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।
मँगलवार आएकाे भुकम्पकाे क्षतिकाे विवरण यस्ताे रहेकाे छ ।