
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका बिच्छ्या भुकुम्प केन्द्रको क्षेतीको विवरण संकलन गर्न खटिएको बताएको छ।
बाजुराको बिच्छ्यामा केन्द्र बिन्दु भएर हिजो दिउँसो ५ दशमलव ९ म्याग्नेच्युडको दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो। हिमाली गाउँपालिकाको बिच्छ्या भुकुम्प केन्द्र बिन्दु माघ १० गतेको दिनमा भएको पालिकाको सबै वडाहरुमा भएको क्षेतीको विवरण संकलन गर्ने पालिका कर्मचारी खटिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्लले बताएको छ।
विशेषगरी हिमाली गाउँपालिका वडा नम्बर १,२,३ र ५ का वडा हरुमा भएको भुकुम्प केन्द्र बिन्दु गरेको क्षेतीको विवरण संकलन गर्न तुरुन्तै हिमाली गाउँपालिकाले खटिएको छ। पालिका एक जना अमिन एक जना पोषण स्वयंसेवक लाई क्षेतिको विवरण ३ दिन भित्र संकलन गर्नु पर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम कला मल्लले बताएको छन ।
भुकुम्प केन्द्र बिन्दु भएको वडामा फोन सम्पर्क हुन नसकेको कारणले उक्त वडामा भएको क्षेति विवरण संकलन गर्ने प्रहरी र गाउँपालिका कर्मचारी सम्बन्धि वडामा खटिएको बताएको छ। वडा न ४ मा ३ घर पुर्ण क्षेती र आंशिक ८ वटा घरहरु क्षेति भएको छ। वडा नम्बर ५ मा ३ घर पुर्ण क्षेति र आंशिक २२ वटा घर क्षेति भएको र रुगिन स्वास्थ चौकी जोखिममा रहेकोे पनि बताएको छ। वडा नम्बर ६ मा ३ घर पुर्ण रूपमा चर्केको २२ घर आंशिक रूपमा क्षेति भएको र भवानी माध्यमिक बिधालयको भवन चर्केको बताएको छ। वडा नम्बर ७ मा ४ घर आंशिक रूपमा क्षेति भएको गाउँपालिकाले बताएको छ।
कर्णाली करिडोर सडक पर्ने साखामा चट्टान फुटेर पहिरो आउँदा सडकमा आउन जान पुर्ण रूपमा बन्द भएको छ। हुम्ला जिल्ला महिला सरिता नेपाली भुकुम्प आउदो बिहोस भएर कोल्टी प्राथमिकता स्वास्थ केन्द्र सेवामा उपचार गराएको थियोे। भने उक्त बिहोस भएको महिलाको स्वास्थमा सुधार आएको पनि बताएको छ। हिजो देखि फोन सम्पर्क गर्न खोज्दा फोन टावर नहुदा क्षेतीको विवरण संकलन अहिलेसम्म केहि आएको छैन। उक्त यथार्थ विवरण संकलन गर्ने गाउँपालिका कर्मचारी र प्रहरी प्रशासन खटिएको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम कला मल्लले बताउनु भएको छ।