
गोबिन्द्र राज तिमिल्सेना,बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ मा भुकम्पको धक्का र पहिरोको कारणले दुई वटा घरमा क्षेती भएको छ । हिजो करिब दुई बजेर त्रिचालीस मिनेटमा गएको ५.९ म्याग्नीच्युडको भुकम्पले दुई वटा घरमा धक्का पुगेको थियो । आज बिहान करिब दश बजे घरमाथि बाटै आएको पहिरोले धक्का दिदा दुई वटै घर भत्केका थिए । हिजै भुकम्पको धक्काले भत्कनै लागेका र एका बिहानै झन घरमाथि बाटै पहिरो आँउदा दुईटै घर भत्केका छन । घर भत्कनेमा सोहि ठाँउका स्थानिय बासिन्दा नर प्रशाद जैशी र रामलाल जैशी रहेका छन । हिजै भुकम्पको धक्काले घर भत्कने सम्भावना धेरै थियो राति डरैडरले सुत्यौ तर एका बिहानै घरमाथि बाटै आएको पहिरोले घर भत्काइ लगेको पिडितै दुईटैको गुनासो रहेको छ ।
एका बिहानै घरमा कोहि नभएको बेला घर भत्केका तर मानविय क्षती चाहीँ नभएको पिडितको भनाई रहेको छ । भुकम्पको धक्काको कारण र घरमाथि बाटै आएको पहिरोका कारणले घरजग्गा बगाई लगेको उहाँहरुको भनाई रहेको छ । पहिरो र भुकम्पले घर बगाइलिदा भत्काइदिदा घरमा रहेका लत्ताकपडा,भाँडाकुडाँ,दाल,चामल,नुन तेल,चार कट्टा गँहु,चार कट्टा कोदो, एक कट्टा जौँ, दुई कट्टा पिठो, दुईटा खेत संगै लगभग डेढ लाखसम्मको क्षेती पुगेको पिडित नरप्रशाद जैशीको भनाइरहेको छ । भुकम्पको धक्का र पहिरोले पुरै घर बगाउदा अहिले त्रिपालमुनि बास रहेको उहाँ बताउनुहुन्छ । यस्तै अर्का स्थानिय पिडित रामलाल जोशिका अनुसार आफ्नो पनि घर,जग्गा,लुगाकपडा,गँहु,कोदो,चामल,धान,पिठो,दोकानमा रहेका चाउचाउ,बिस्कुट,खुद्रा सामाग्री,नुन,तेल लगायत लगभग साढी सत्तरी हजारसम्मको क्षेती भएको उहाँ बताउनुहुन्छ ।
भएको सरसामान सबै पुरिएको छ । खाने लाउने केहि छैन पुश माघको चिसोमा कसरी जाडो छेक्ने त्रिपाल मुनि बास रहेको छ भनेर दुईटै पिडित स्थानिय बताउनुहुन्छ । अब हामीले कसरी बाच्ने,के खाने,के लाउने,भएको सबै घर जग्गा भुकम्प र पहिरोले लगिसक्यो कहाँ बस्ने भनेर पिडा पोख्दै भन्नुहुन्छ पिडित बासिन्दा । सरकाले पनि हामी पिडितलाई हेरफेर गरीदिन पनी उहाँले आग्रह गरेका छन । हिजो गएको भुकम्पले नै यत्रो बिपत्ती निम्त्याएको बडिमालिका नगरपालिका वडा नं ७ का वडाअध्यक्ष धर्मराज पाध्याको भनाई रहेको छ । आफुले पिडित परिवालाई आफ्नो वडा कार्यालय र नगरपालिका बाट बिषेष राहत पनि उपलब्ध गराउने उहाँको भनाई रहेको छ ।
हिजो करिब पौने तिनमा गएको भुकम्पले सोहि वडाको सिराडी,संगै गौमुल गाँउपालिका मा एकको मृत्यु संगै एक घाइते अम्लिसका एक स्थानियका चालिस भेडा सहित मरेका थिए । अझै पनि भुकम्पको जोखिमले जिल्लाका अन्य ठाँउमा के कति घटना घटेका छन अझै जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।