
गोबिन्द्र राज तिमिल्सेना,बाजुरा- नेपाल बिद्यार्थी संघ बाजुराको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल बिद्यार्थी संघमा आस्थावान सम्पुर्ण बिद्यार्थी र पदाधिकारी को सामुहिक छलफल बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लामा आस्थावान सम्पुर्ण नेपाल बिद्यार्थी संघमा आबद्ध पदाधिकारीहरु कसरी अगाडी बढ्ने,बाजुरामा कसरी नेविसंघ लाई थप उचाइमा पुर्याउने नजिकिदै गरेको स्वतन्त्र युनियन विद्यार्थी संगठनको चुनावलाई कसरी सम्पन्न गर्ने भन्ने बिषयमा छलफल गरीएको नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले बताउनुभएको छ ।
नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा,अतिथि नेपाल प्रेश युनियन शुदुरपश्चिम प्रदेश सचिव राजेन्द्र रोकाया,नेपाल बिद्यार्थी संगका पुर्व जिल्ला कार्यसमिति सदस्य हिक्मत हमाल,मालिका टुडेका कार्यकारी सम्पादक हेमराज उपाध्याय,पौरखी बिकाश संञ्चार सहकारी संस्था लिमिटेडका ब्यबस्थापक बल बहादुर बोहरा,रेडियो पौरखी का प्राबिधिक गोबिन्द्र राज तिमिल्सेना,बडिमालिका इङलिस बोर्डिङ स्कुलका सह लेखापाल बल्देब पाण्डे,बाजुरा क्याम्पसमा अध्ययनरत बिद्यार्थी गणेश राज तिमिल्सेना,मालिका माविमा अध्ययनरत बिद्यार्थी अशोक पाध्याय, मालिका माविमै अध्ययनरत बिद्यार्थी राम बहादुर धामी लगायत अन्य ३० जना भन्दा बढीको उपस्थित रहेको कार्यक्रमको संञ्चालन खप्तड मालिका न्युजका संञ्चालक अध्यक्ष शुक्रराज बोहराले गर्नुभएको थियो ।