बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका शिक्षा समितिको बैठक बाट ५ वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ।
माघ २६ गतेको दिनमा बसेको नगर शिक्षा समितिको बैठक बाट महत्त्वपूर्ण निर्णयहरु भएका बताएको छ । उक्त बैठक अनुसार नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क समेत नगरपालिकाले ब्यहोर्ने गरि निशुल्क शिक्षा अवधारणा लाई कार्यनयन गर्ने जानकारी दिएको छ।
नगरपालिका भित्रका बिधालयमा स्थानीय भाषा सस्कृतिलाई समेट्ने गरि स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरिएको छ। स्कुलमा विद्यार्थीको पढाई लाई सुधार ल्याउन कक्षा (५,८, र १०) लाई सुधार कक्षा संचालन गर्ने भनिएको छ। चैत ३ गते बाट नगरपालिका भित्र रहेका आधारभुत बिधालयका कक्षा ८ को परिक्षा संचालन गरिने भएको छ। फागुन ५ गतेदेखि ७ गते सम्म रास्ट्रपति रनिङ सिल्ड कोल्टिमा जन प्रकाश माध्यमिक बिधालयमा आयोजना गरिने नगरपालिका शिक्षा समितिको बैठक बाट ५ वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको पनि बताएको छ।