
राम बहादुर दानी/बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ की २३ बर्षिया पुष्पाञ्जली सिंहको रुखबाट लडेर मेरुदण्डमा गम्भिर चोट लागेको थियो । सिंहको बाजुरामा उपचार हुँन नसके पछि अछामको वयालपाटामा लगिएको थियो । उनलाई बयालपाटामा पनि उपचार हुँन नसके पछि धनगढीको निसर्ग अस्पतालमा लगिएको हो ।
रुखबाट लडेर गम्भिर चोट लागेकी सिंहको स्वास्थ्य अबस्था जटिल रहेको उनका श्रीमान खडक बहादुर बमले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए । बाजुरा र अछाममा सिटी स्क्यान नभए पछि निजलाई धनगढी लगिएको हो । २२ गते बेलुका नै बयालपाटा अस्पतालबाट धनगढी लगिएकी सिंहको उपचारमा केहि सुधार आएता पनि निजको उपचारार्थ ९ लाख बढी आर्थिाकको खाँचो परेकोले सम्बन्धीत सबैलाई सहयोगको लागी अनुरोध गरेका छन् ।
बुढीगंगा नगरपालिकाको एम्बुलेनसबाट धनगढी लगिएकी सिंहको उपचारमा हाडजोर्नी डक्टर श्रीराम खातीले रात दिन नभनी खटेर उपचारमा लगाप देखाएको उनको भनाइ रहेको छ । उपचारमा लंलग्न डक्टरका अनुसार निज सिंहको अप्रेशन सफल भएकोले चाँडै हिँड्न सक्ने भएकी छन् ।