मिन बहादुर खड्का/बाजुरा: नेपाली काङ्ग्रेस को १४औ माहाअधिबेशन तथा ७ औ जिल्ला अधिबेशनको अभियानमा जुटिरहदा सामाजिक सञ्जालमा गलत अपबाह हल्ला फैलाउनेलाई कार्वाही गर्न बाध्य हुने नेपाली काँग्रेस बाजुराले एक बिज्ञप्ती मार्फत जनकारी गरेको छ ।
काँग्रेसको यस महा–अभियानलाई सफल पार्नका लागि आ–आफ्नो तह तप्काबाट सकारात्मक क्रियासिलताका साथ लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरेको छ ।
यस महान कार्यलाई सफल पार्न नेपाली काँग्रेस जिल्ला कार्य समित अघि बडिरहेको बेला केही ब्यक्तिहरुले सामाजिक संजाल मार्फत संगठनको हित बिपरित अपबाह कुराहरु लेखी दुष्प्रचार गर्ने चेष्टा गरेको पारीत नेपाली काङ्ग्रेस बाजुराले प्रेस बिज्ञपति मार्फत गम्भिर ध्यानाकर्षण गराएकाो छ । यसरी नेपाली काँग्रेसले १४ औँ महाधिबेशन र ७ औँ जिल्ला अधिबेशन सफल पार्न यस कार्यमा लागि रहेकोले यस्ता काम नगर्न नगराउन सम्पुर्ण सबैलाई जानकारी गराएको बिज्ञप्ति मार्फत जारी गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिएको छ ।
यसरी दुष्टाचार रुपमा अपबाह, भ्रम फैलाउने र नेपाली काँग्रेसमा खैला बैला ल्याँउने उद्देश्यले सामाजिक संजालका साथै अन्य मिडियामा कसैको ब्क्तिगत कुरामाम आँच आँउने जस्ता नकारात्मक टिका टिप्पणी पार्टी भित्र बिबाद ल्याँउने र एक आपसमा उस्काउने जस्ता गलत कुराहरू भैराखेको हुदा पार्टीका कुनै पनि सुभचिन्तकहरुलाई यस्तो कार्य नगर्न नगराउन नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराले प्रेस बिज्ञप्ती मार्फत अपिल गरेको छ ।
यस्ता प्रकारका अराजक गतिविधिहरु पुन: दोहोर्याएर पार्टीको एकतामा आच आउने र नेता कार्यकर्ता बिच असमझदारी उत्पन्न हुने गरी टिका–टिप्पणी र नकारात्मक क्रियाकलाप गरे गराएमा यस्ता नेता तथा कार्यकर्ता र ब्यक्तिहरुलाई पार्टीले कारबाही गर्न बाध्य हुने कुरा समेत प्रेश बिज्ञपति मार्फत भनिएको छ ।
बिज्ञप्ती यस्ताे रहेकाे छ ।