युनिकोड    राशिफल    एफएम रेडियाे                        
68 पटक पढिएको

बझाङ— जिल्लाको बुङ्गल नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई वितरण गर्न भनी लगिएको सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिव कै कोठाबाट हराएको छ । कोठामा राखिएको नगद ३९ लाख रुपैयाँ चोरी भएको वडा सचिव बपिन्द्र महतोले दाबी गरेका छन् ।
उनी नगरपालिका कै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही घरमा राखेको र त्यहीँबाट चोरी भएको उनले बताएका छन् । तर कोठामा तोडफोड नभएको र पैसा राखेर ताला लगाइएको भनिएको दराज फुटाइएको कुनै संकेत नदेखिँदा घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।
सचिव महतोले भने दराजमा ताला लगाएर पैसा राखेको र त्यसपछि ९ बजेतिर इन्टरनेट चलाउन नजिकैको वडा कार्यालय गएको बताएका छन् । उक्त घरमा सचिव महतोलगायत अरू २ जना भाडामा बस्ने गरेको र घरबेटी अर्कै घरमा बस्ने गरेको बुझिएको छ ।

महतोले सामाजिक सुरक्षाभत्ता वितरण गर्न गत साता मात्रै ६१ लाख रकम नगदै झिकेर लगेको बताए । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्न कोठामा राखिएको उनको भनाइ छ ।

प्रहरीले वडा सचिव महतो, नगरपालिकाका एक प्राविधिक सहायक र घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी अस्थायी पोस्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला ल्याउन निर्देशन दिइएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!