विकटताले जेलिएको आविष्कारको आशा
“Graham Bell” ले टेलिफोन बनाएको हल्ला चल्दा
म चाहिँ बेसिमा धामी बोलाउन बाध्य थिएँ
टेलीफोनको आविस्कारले पायक पुगेको थिएन गाउँमा
टन्टलापुर घाममा दुई घन्टाको बाटोमा पोल्लिँदै एक्लै हिड्दै गएँ
Edison ले “इलेक्ट्रीक बल्ब“ बनाएको बेला
मेरा भने टुकीमा लेखेका अक्षर बाङ्गा–टिङ्गा हुन्थे
खै के नै राम्रो भयो र बुलको आविष्कारले ?
अन्धकारमा लेखिएका अक्षर नराम्रा भएपछी कक्षामा गाली खान्थेँ
द्यभलश ले मोटर गाडी बनाएको बेला
मेरा गाउँमा सर्पले टोकि हर्केको मृत्यु भयो
मोटर गाडीमा अस्पताल पुर्याएको भए बाँच्थ्यो होला
कागलाई बेल पाक्यो हर्ष न विस्मात भै बितेर गयो
विश्वमा यस्ता अनेकौं आविष्कार त भैरहे
हाम्रो विकट गाउँले भने केवल महसुस गर्यो
थुक निल्दै आशामा घुटुक्क– घुटुक्क
विकटताको भुमरीमा फँसी आविस्कार आश भनेर रह्यो ।
क्षितिज पोखरेल
निकोसेरा,मध्यपुर ठिमी भक्तपुर