✍️गीता स्मृति कठायत-डाेटी
पत्नी नभए जिन्दगी चल्न सक्छ घर चल्दैन
पिठिउमाथी डिजल बोकेर ट्याङ्कर चल्दैन
तिम्ले बनाएको हँसिया घन वन्चरो सब चल्छ
लुहार काका बस तिम्रो यहीँ एउटा थर चल्दैन
मेरो छातीमा एक नग्न चित्र तिमी पनि बनाउ
झिंगा शरीरमा बस्यो भन्दैमा अजिङ्गर चल्दैन
सखा तिमी हलचल सहर हौ म स्थिर गाउँ हुँ
सहरविना गाउँ चल्छ गाउँबिना सहर चल्दैन
भनेकै थिए आउ मलाई कोही रङ्गाएर जाउ
थाहै पाइन रङ्गिन दुनियाँमा सादा पेपर चल्दैन