
सुरेन्द्र–
रुखो बोलिका नि तिखा छुरा वचन हुनसक्छन् ।
हुनसक्छन् ति कुरा अधुरा वचन हुनसक्छन् ।।
किन रिसाउछौ ठुस्सपरी, मान्छेबाटै हुन्छ गल्ती,
कहिलेकाही बोलिन्छ कुरा वचन हुनसक्छन् ।।
भवना–
रुखो बोली वचन बन्छ,मीठो बोल्नुपर्छ ।
सत्य साँचो त्यै बोलीमा माया घोल्नुपर्छ ।।
कसैले नि जानी जानी गल्ति गर्नु हुँदै हुन्न,
चोखो मनलेसबैसँग आत्मा खोल्नुपर्छ ।।
सुरेन्द्र–
यस्सो मनपेट खोल्छु भन्छु वचन भइदिन्छ।
नजिक गइ म बोल्छु भन्छु वचन भइदिन्छ ।।
मन्द मुस्कान र अलि उत्तेजित हुँदै गएर,
अलि मायाप्रेम घोल्छु भन्छु वचन भइदिन्छ ।।
भवाना–
रुखो बोली वचन बन्छ,मीठो बोल्नुपर्छ ।
सत्य साँचो त्यै बोलीमा माया घोल्नुपर्छ ।।
कसैले नि जानी जानी गल्ति गर्नु हुँदै हुन्न,
चोखो मनले सबैसँग आत्मा खोल्नुपर्छ ।।
सुरेन्द्र–
आफ्नै भित्री कुरा खोल्न यहाँ बाध्य गराइन्छ।
चुप्पै बस्छु तर बोल्न यहाँ बाध्य गराइन्छ ।।
आउँछन् लौ मै हुँ भन्ने मेरै अघि कड्किएर,
अनि औकात यो तोल्न बाध्य गराइन्छ ।।
भवाना–
सच्चा बन्नु कुलतमा पस्नु हुदैन ।
जानीजानी दलदलमा फस्नु हुदैन ।।
विकृति र विसङ्गति भण्डाफोर गर्नुपर्छ
अन्यायमा चुप लागेर बस्नु हुदैन ।।
सुरेन्द्र–
हो महिला पुरुष जुटौं देश बनाउन लागौं ।
दाजुभाइहरू नफुटौं देश बनाउन लागौं ।।
जोडौं बरू टुक्रिएका ससाना भूभाग हाम्रा,
भो नेपाल आमा नलुटौं देश बनाउन लागौं ।।
भावना–
ठिक भन्नू भो,आफ्नो मुलुक आफै बनाउने हो ।
आफ्नै गाउँमा धारा कुवा आफै खनाउने हो ।।
एकतामै शक्ति राखी हाम्रो मुलुक बचाएर,
स्वाभिमानी नेपाली हौँ भन्ने जनाउने हो ।।
धन्यवाद
मुक्तककारको परिचय–
– वना खनाल,पाल्पा
लुम्बिनी प्रदेश अध्यक्ष,
विश्व नेपाली साहित्य प्रतिष्ठान–नेपाल
–सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा
सुदुरपश्चिम प्रदेश संयोजक,
विश्व नेपाली साहित्य प्रतिष्ठान–नेपाल