
मिन बहादुर खड्का/बाजुरा–नेपाली अस्ट्रेलिया समाजले बुढिगंगा नगरपालिका वडा न .६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र र टाँटे स्वास्थ्य चौकिलाई स्वास्थ सामाग्री सहयोग गरेको छ ।
नेपाली अस्ट्रेलिया समाजले सहयोग गरेको उक्त स्वास्थ सामाग्री गाएक तथा सामाजिक अभियान्ता मान बाहादुर बोहोराको पहलमा बुढिगंगा नगरपालिका वडा न . ६ का वडा अध्यक्ष गणेश बहादर थापा द्वारा टाँटे स्वास्थ चौकिका इन्चार्ज छत्र बहादुर थापालाई हस्तान्तरण गरिएको हो ।
बढिगंगा नगरपालिका वडा न. ६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रलाई अक्सिजन सेनिटाइजर १५ लिटर, माक्स २५०० पिस ,पि पि सेट सिटामोल,। काेभिड १९ टेस्ट मेसिन त्यसैगरी लगाएतका स्वास्थ्य सामाग्री र टाँटे स्वास्थ्य चौकिलाई अक्सिजन concentrator सहयोग गरेको लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
कोरोना माहामारीको जोखिम कायमै रहेकोले संक्रमणबाट बच्न सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको नेपाली अस्ट्रेलिया समाजले सुदुर पश्चिमयली समाजका अध्यक्ष सराेज सिंह ठकरीले बताए ।
उक्त स्वास्थ सामाग्री बुझ्दै अस्पतालका इन्चार्ज थापाले जोखिमको बेला स्वास्थ सामाग्री सहयोग गर्ने नेपाली अस्ट्रेलिया समाज र एहा सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।र्कोरोना संक्रमणको जोखिम कायमै रहेकोले जोखिम बाट बच्नका लागि सहयोग गरिएका स्वास्थ सामाग्रीहरुले कोराेना राेकथाम र नियन्त्रणमा थप सहयोग पुग्ने बताएका छन ।जोखिम न्यूनीकरण गर्नका लागि यसरी नै सबैले सक्दो सहयोग गर्नुपर्ने इन्चार्ज थापाको भनाई रहेको छ ।एस्तै साथ फेरि पनि एस्ता सहयोग प्राप्त गर्ने आपेक्षा रहेको उनले बताए ।