बाजुरा– शुक्रबार त्रिवेणी नगरपालिकामा बाल संरक्षण कार्यक्रम स्थानीय योजना तर्जुमा प्रकियामा बालबालिका र युवाको सहभागिता बिषक अन्तरक्रिया कार्यक्रम एक दिन कार्यक्रम नगर सभा हलमा सम्पन्न भएको छ । एक दिनको कार्यक्रमले नगरपालिकामा भइरहेका हरेक गतिविधिलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
महिला बालबालिका युवा तथालाई कसरी सेवा सुविधा उपलब्ध कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । बर्षेनी बालबालिका तथा महिला युवाका लागि कसरी नगरपालिकाले बजेट विनियोजन गरिएको छ भन्ने विषयमा पनि छलफल भएको हो । समाजमा रहेका कुरिति कुसंस्कार अन्धविश्वासलाई कसरी समाधान गर्न सकिन्छ सचेत गराइएको थियो ।
अबको समाजलाई कसरी परिवेश र यथास्थितिमा राखेर समाज परिवर्तन तिर लैजान सकिन्छ भन्ने कुराको पनि छलफल भएको हो । एक दिने कार्यक्रमको प्रमुख अतिथी उपमेयर राधिका सुनार रहनु भएको थियो । कार्यक्रममा त्रिवेणी नगरपालिका का ९ वटै वडा अध्यक्ष, नगरपालिकाका सम्पुर्ण कर्मचारी र त्रीवेणी नगरपालिका वास नेपाल भोलेन्टियर हरु लगायतको उपस्थिति रहेको जानकारी त्रिवेणीबाट संवाददाता धिरेन्द्र थापले जानकारी दिएका छन ।