भाद्र १४,बाजुराः पहिराले कुवाडी नदी थुनिएको आशंका गरीएको छ। जिल्लाको हिमाली गाउँपालिका २ रुम्दी स्थित कुवाडी नदीको नजिकै रहेको जमिनबाट पहिरो खसेर नदि थुनिएको आशंका गरीएको छ । आज बिहान करिब १० बजेर २० मिनेटमा सो ठाउँमा पहिरो खसेर नदि थुनिएको हो। पहिरोले नदि थुनिएको हुँदा कुवाडी नदी र कर्णाली नदीको आसपासका क्षेत्रमा कुनै पनि समयमा पहिरो सहित पानीको बहाफ बढ्न सक्ने भएकोले सबैमा जानकारीका साथ सचेत रहन हिमाली गाउँपालिकाले आग्रह गरेको छ ।
एक सुचना जारी गर्दे पहिरोले नदी थुनिएको खबर प्राप्त भएकोले नदिको आसपासका बस्तीहरुमा रहनुभएका तथा अन्य कामको सिलसिलामा नदि आसपासका सतहमा रहनुभएका सम्पुर्ण नागरीकहरुलाई नदी आसपास क्षेत्रबाट टाढा जानहुन र सम्पुर्ण आसपास क्षेत्रका बासीन्दाहरुले सर्तकता अपनाउन गाउँपालिकाले सुचना मार्फत सबैमा आग्रह गरेको छ ।नदी के कति कारणले सुकेको हो भनि बुझ्नको लागी मैलाकवाडी चौकी हुम्लाबाट प्रहरी सहायक निरिक्षक गोपाल बहादुर वलीको कमाण्डमा चार जनाको टोली उक्त स्थानमा खटिएको बताइएको छ ।