
बाजुरा, सावित्री रोकाया: ‘पूर्ण खोप सुनिश्चितता : हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समिति बाजुराको आयोजनामा आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रुपमा खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
आज मिती २०८२ असार १४ गते जिल्ला सदरमुकाम मार्तडीमा स्थित रोयल होटलको तालिम हलमा शनिबार एक औपचारिक कार्यक्रमका बिच राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाले खोपको पहुँच, उपलब्धता तथा नियमित खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गरी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरेको कार्यलय प्रमुख महेश चन्दले बताएका छन्।
उहाँका अनुसार १५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाए पछि जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए। १३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका ९ वटै स्थानीय तहका बालबालिकाहरुलाई खोप लगाईसके पछि जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको चन्दकाे बताए।
बाजुरा जिल्लामा कुनै पनि खोप नपाएका १४ जना र छुट बच्चाको संख्या १ सय ३ रहेको छ। नेपाल सरकारबाट निःशुल्क पाईने सबै खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको चन्दकाे भनाइ छ ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले मानव जिवनमा स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकाे बताउदै उहाँले सबै अभिभावकले आफ्ना बालबालिकाकाे स्वास्थ्यमा बिशेष ध्यान दिन आवश्यक रहेकाे बताए ।पहिलेकाे भन्दा अहिले बालबालिकाको जन्मदर र मृत्यदरमा पनि सुधार भए संगै आफ्ना बालबाललिकाहरुलाई खोपबाट बञ्चित नगर्न सुझाव दिनुभयो।
प्रत्येक नागरिकको महत्त्वपूर्ण पक्ष स्वास्थ्य नै भएकाले यसलाई पहिलो प्राथमिकतामा राख्न जोड दिए। जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्न सहयाेग गर्ने सम्पुर्ण स्वास्थ्यकर्मी,महिला स्वयमसेवीका,स्थानीय सरकार तथा सराेकारवाला निकायलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले सम्पुर्ण बालबालिकालाई खाेप लगाउन आवश्यक रहेकाे बताउदै बालबालिका खाेप बाट बञ्चित छन् भन्ने यस्तो अवस्था सिर्जना गर्न नहुने बताए। आजका बालबालिका भोलिका कर्णधार हुने भएकाले बालबालिकाकाे स्वास्थ्य अवस्था राम्रो बनाउन आवश्यक रहेकाे बताउनु भयो। बाजुरा जिल्लाभर नेपाल सरकारबाट पाउने निशुल्क खोपबाट विभिन्न कार्यक्रम संञ्चालन गरि बालबालिकाको स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्नै बताए।
आगामी दिनहरुमा जिल्लाका ९ वटै स्थानीय तहका बालबालिकालाई खाेपकाे मात्रा पूरा गरी सुनिश्चितता , दिगाेपना र निरन्तरता दिन जिल्ला स्थिति सम्पुर्ण सराेकारवाला निकाय,स्वास्थ्यकर्मी,महिला स्वयमसेवीका तथा पत्रकारले प्रतिबद्दता पत्रमा हस्ताक्षर समेत गरेका छन्।
जिल्लालाई पूर्ण खोप तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेठ भुमिका निर्वाह गर्ने स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी सहित पालिकाहरुलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियाे। कार्यलय प्रमुख महेश चन्दले कार्यक्रमको उदेश्य प्रकाश पार्नु भएको थियो।
बाजुरालाई पहिलो पटक २०७४ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषाणा गरिएको भएपनि १३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरुले पाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको जिल्ला स्वास्थ कार्यालय बाजुराले जनाएको छ। बाजुरा सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सहितको जिल्ला बनेको हाे। जिल्ला खोप समन्वय समितिले आगामी दिनमा पनि स्वास्थ्य सेवा सुदृढ गर्न सामूहिक प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ।
खोप समन्वय समिती बाजुरा का प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय प्रमुख अतिथी रहनु भएको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यलयका प्रमुख महेश चन्द, जिल्ला अस्पताल बाजुरा का प्रमुख चन्द्रशेखर यादव , ईश्वरी गुल्मका प्रमुख, जिल्ला प्रहरी कार्यलय प्रमुख इकवाल हवारी, शसत्त्र प्रहरी प्रमुख श्याम रावत, विभिन्न पालिका कृषि शाखा प्रमुख, विभिन्न सरकारी गैरसरकारी कार्यलयका प्रमुख एवम् प्रतिनिधी लगायत संञ्चारकर्मी को सहभागिता रहेको थियो। कार्यक्रमकाे सञ्चालन भने प्रशान्तराज जाेशीले गरेका थिए।