
बाजुरा : विरेखोला झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि लाइभ देउडा कार्यक्रम आयोजना हुने भएको छ। बडिमालिका नगरपालिको दुई वटा वडा ६ र ८ मा रहेको विरेखोला झरनाको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले भोलि साउन १ गते बिहीबार साउने संक्रान्तिको अवसर पारी लोकसंस्कृति को संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देउडा कार्यक्रम हुने लागेको हो।
स्थानीय देउडा गायिका विष्ना विष्ट र पुने दानी बीच उक्त झरनामा लाइभ देउडा कार्यक्रम हुने बडिमालिका सामुदायिक विकास सममाज बाजुराका अध्यक्ष अम्मर बहादुर बिश्वकर्माले जानकारी दिएका छन्।
उहाँका अनुसार, देउडा कार्यक्रम बडीमालिका सामुदायिक विकास कार्यालय बाजुराको आयोजना तथा बडिमालिका नगरपालिका र सामाजिक बिकास कार्यलय बाजुरा ,वडा नं. ६ र ८ को समन्वयमा उक्त लाइभ देउडा कार्यक्रम गर्न लागेका बताए ।
त्यस्तै कार्यक्रममा स्थानीय पहिरनमा दाउरा सुरुवाल , धोतिचोलि लगाई सहभागिता हुन सबैलाई अनुरोध गरेको बडिमालिका सामुदायिक विकास समाज बाजुराले बताएको छ ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने उक्त विरेखोला झरना केही वर्षहरूमा आन्तरिक पर्यटकहरूको मुख्य आकर्षणका रुपमा अवस्थित रहेको छ । यसरी आफ्नो मौलिक पहिरन अनुसार पुराना संस्कृति को पनि जगेर्ना हुनुका साथै उक्त कार्यक्रमले विरेखोला झरनाको पनि थप प्रवर्द्धन हुने अपेक्षा राखेको अध्यक्ष बिश्वकर्माले बताए ।
