
बाजुरा : बाजुराको बुढिगंगा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा सोमबार बिहान घरबाट दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको बताएको छ।
स्थानियका अनुसार लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा उनको शव फेला परेको बताए।
मृतक बुढथापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।