बाजुराः धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा हुदै छ । जनैपुर्णिमाको अघिल्लो दिन अर्थात भाद्र २ गते श्रावण शुक्ल चतुर्दशीका दिन जिल्लाको धार्मिक आस्थाको धरोहर बडिमालिका बुढीनन्दामा आज पुजाआजा गरिदै छ । बडिमालिका र बुढीनन्दाको पुजाआजाको लागी जिल्ला भित्र लगायत बाहिर जिल्ला र भारतको कुमाउँ गढवाल देखि भक्तजनहरु पुजाआजाको लागी बडिमालिका र बुढीनन्दा लगायतका क्षेत्रमा आएका छन् ।धार्मिक तथा ऐतिहासिक आस्थाका धरोहर बडिमालिका र बुढीनन्दा माईको दर्शन गरेपछि सन्तान नभएकाहरुलाई सन्तान प्राप्ती हुने,परिवारमा सुख शान्ति मिल्ने,पापहरु नष्ट हुने लगायतका धार्मिक बिश्वासले गर्दा पुजाआजा तथा दर्शन गर्ने दर्शनार्थीहरुको घुँइचो लाग्ने गरेको छ । त्यस्तै जिल्लाका अन्य धार्मिक शक्तिपिठहरु बड्डालेक,दुनालेख,स्वार्मिकार्तिक,लगायतका शक्तिपिठहरुमा पनि पुजाआज हुँदै छ ।