लोकतन्त्र बिहानी,न्युज श्रावण ३०,बाजुराः बडिमालिका नगरपालिका वडा नम्बर ८ जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले मार्तडी बजार सरसफाई गरेको छ । “बडिमालिका नगरपालिकाको शान, महिनाको एक दिन अनिवार्य श्रमदान”भन्ने मुल नाराका साथ मार्तडी बजार सरसफाई गरीएको नगरपालिकाले जनाएको छ । मार्तडी बजारको वातावरणलाई स्वच्छ,सुन्दर राख्नको लागी नगरपालिकाले चालेको महिनाको एक दिन अनिवार्य श्रमदान कार्यक्रम अन्तर्गत बजार सरसफाई गरीएको नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
सदरमुकामको वातावरणलई थप ब्यबस्थित स्वच्छ बनाउँन र अहिले बडिमालिका दर्शनको लागी मार्तडी बजार हुँदै आउँने दर्शनार्थीको घुँइचो हुने भएकोले नगरपालिकाको अभियान अन्तर्गत नगरपालिका,खुलामञ्च देखि पजल्ला कारागार सम्म सरसफाई गरीएको बताइएको छ । बर्षातको समयमा बजारमा झनै दुर्गन्धित हुने भएकोले त्यसको ब्यबस्थापन गर्न नाली लगायत ठाउँठाउँमा फालिएको फोहोर उठाएर पालिकाको टिप्परमा लगेर पालिकाको फोहर बिर्षजन गर्ने डम्पिङ साइडमा फालिएको नगरपालिकाले जनाएको छ । पालिकाले सम्पुर्ण मार्तडी बासीहरुलाई आआफ्नो होटल अगाडी फोहर नगर्न समेत आग्रह गरेको थियो । पालिकाको अभियानमा पालिकाका कर्मचारीहरुको सहभागिता रहे पनि अन्य बजारबासीहरुको भने खासै सहभागिता रहेको थिएन् । सम्पुर्ण बजारबासीहरुलाई आफ्नो घर,पशल,आँगनको अगाडी आफैले सरसफाई गर्न पनि निर्देशन दिइएको छ ।
नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी लगायत अन्यको उपस्थितिमा सरसफाई अभियान सञ्चालन गरिएको हो । सबैले आफ्नो घर आगन, होटेल , ब्यबसाय अगाडिको फोहर आफैले ब्यबस्थापन गरे मार्तडी बजार दुर्गन्धित नहुने र बजारको वातावरण पनि स्वच्छ हुने नगर उप प्रमुख नन्दा थापाले बताईन्। पछिल्लो समयमा आँखा पाक्ने, डेङ्गु जस्ता खतरनाक रोगहरु सरसफाइको कमिले हुने र आफ्नो गाउँ टोल पनि फोहोर देखिने कारणले यो अभियान उक्त समसया न्युनिकरण गर्न सहयोग गर्ने थापाले बताएकी हुन् । सरसफाई कमीले पछिल्लो समय ठुलो महामारी फैलने हुँदा सबैभन्दा पहिला सरसफाई सबैले ध्यान दिन जरुरी रहेको समेत उनले बताएकी हुन् ।
मार्तडी बजारलाई फोहोर र दुर्गन्धित बाट मुक्त गराउँन पालिकाले यो अभियान सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम समेत रहेको मार्तडीमा बजारमा जिल्ला भित्र र बाहिरका दैनिक हजारौंको संख्यामा मानिसहरु आवात जावत गर्ने गर्दछन् । सदरमुकाममा धेरै भिडभाड हुने र बढी फोहर हुने सम्भावना पनि रहने हुँदा पालिकाले यस्तो अभियान अपनाएर अगाडी बढिरहेको नगरपालिकाको भनाई रहेको छ । मार्तडी बजार सरसफाई कार्यक्रममा नगर प्रमुख, उप्रमुख ,प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, वडा अध्यक्ष,नगरपालिकाका कर्मचारी, उद्योग वाणीज्य संघका प्रतिनिधि, प्रहरी कर्मचारी, सशस्त्र प्रहरी बलका कर्मचारी लगायत अन्य बजारबासीहरुको उपस्थितमा सरसफाई गरीएको नगरपालिकाले जनाएको छ ।