युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
127 पटक पढिएको

यस्तो छ बिज्ञप्तीमा हेर्नुस
नेपाल शिक्षक संघ नेपाली शिक्षकको हक हितको प्राप्ति, संरक्षण एवं संवद्र्धन गर्न, लोकतान्त्रिक मूल्य एवं मान्यताको आधारमा प्राज्ञिक स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको रक्षा गर्दै राष्ट्रको शैक्षिक उन्नयनमा शिक्षकहरूले सामूहिक तथा सांगठानिक योगदान पु¥याउन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुरूप क्रियाशील हुँदै स्वतन्त्र र विशुद्ध पेशागत संस्था भएको सर्वविधितै छ । नेपालमा भएका सबै खाले न्यायिक आन्दोलनहरुमा नेपाल शिक्षक संघले राष्ट्रव्यापी रुपमा अभिभावकिय भूमिका खेल्दै आएको छ। जब–जब शासकहरुले नेपाली जनता तथा शिक्षकहरु माथी कानुन विपरीत अन्याय तथा अत्याचार गर्दै निरंकुश अमर्यादित शैली प्रकट गर्दछन् तेति वेला नेपाल शिक्षक संघले न्यायका लागि अग्रणी भुमिका खेलेर पिडितलाई न्याय प्रदान गरेको गर्विलो इतिहास छ।

शिक्षक पद र अलङ्कारले विभूषित मर्यादित पेसा भएको र सिकारुहरुको मूख्य पद प्रदर्शक भएको विगत देखि बर्तमान अवस्था सम्म श्री कैलाशेश्वरी माविका प्रधानाध्यापक श्री लछिराम साउदलाई सर्वोच्च अदालतले यहि मिति २०८१ श्रावण २५ गते गरेको फैसला ९रिट जारी० को विपरीत बडीमालिका नगर प्रमुख अमर वहादुर खड्काले आज बडीमालिका नगरपालिका शिक्षा शाखाले आयोजना गरेको प्रधानाध्यापकहरुको बैठक कक्षबाट निज प्रधानाध्यापकलाई हामी प्रधानाध्यापक नै स्वीकारदैनौ, तपाईंको सुविधा रोकि दिन्छौं, हामीले बनाएर पठाएको प्रधानाध्यापक नै आधिकारीक प्रधानाध्यापक हो र बैठकमा बस्नै पाईदैन, तपाई अहिल्यै निस्कीहाल्नुहोस् भनेर अमानवीय, अमर्यादित एवम् अपमानजनक ढंगले बैठक कक्षबाट बाहिर निकालेको अशोभनीय कार्य प्रति नेपाल शिक्षक संघ, नगर कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ। कानुनी राज्यमा नगर प्रमुख भनेको नगरपालिका भित्रका सबै नागरिकको अभिभावक हुन्छ तर बडीमालिकाको नगर प्रमुखको यो तानाशाही अमानवीय कार्य शैलीको जति भत्सर्ना र घोर निन्दा गरे पनि अपुरो हुन्छ, यसरी एक राष्टसेवक कर्मचारीलाई नगर प्रमुखको कार्य कक्षमा थुनेर नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन र सम्मानित सर्वोच्च अदालतको फैसला ९रिट जारी० लाई अवहेलना प्रष्ट गरेको देखिन्छ। नेपाल शिक्षक संघले मिति २०८१÷०५÷२० गतेको बैठकमा प्रधानाध्यापकका के भएको होरु भनि संलग्न मूख्य महत्वपूर्ण जिम्मेवार व्यक्तिहरुसंग सोधपुछ एवं जानकारी लिदा नीज नगर प्रमुखले किन बाहिर निकालेको हो आफुहरूलाई कुनै जानकारी नभएको बताइ रहदा नगर प्रमूख अमर बहादुर खड्काको भ्रष्ट चरित्र प्रष्ट भएको छ ।

बडीमालिका नगरपालिका वडा नं. ५ मनामा अवस्थित श्री कैलाशेश्वरी मा।वि कक्षा ५ सम्म मात्र स्वीकृत दरबन्दी भएको र एक प्रस्तावित मा।वि। हो, शैक्षिक सत्र २०८१ को सुरुवात देखि नै वडा अध्यक्षको ठाडो आदेशमा एकै पटक ४ जना शिक्षकहरुको सरुवा गर्दै प्रधानाध्यापकलाई झुठो र छलकपटपूर्ण ढङ्गले पदबाट हटाउने निर्णय गर्दै बडीमालिका नगरकार्यपालिकाले २४ घण्टा नवित्दै सदर गरेको गैह्रकानुनी कार्य सम्मानित सर्वोच्व अदालतले फैसला सहितको ९रिट जारी० भइ सकेको अवस्थामा प्रधानाध्यापक लछिराम साउदले आफ्नो पदीय जिम्मेवारी वहन गरेर नियमित विद्यालयको कामकाजमा संलग्न भएको १६औं दिन पछि नगर भरीका प्रधानाध्याकहरुको भेलाबाट अपमानजनक ढंगले बाहिर निकाल्ने कार्य कानुन विपरीत त छदैछ, बडीमालिका न।पा। ५ भरीको एक मात्र विद्यालय सो बैठकबाट पाउनु पर्ने सबै खालको सुचना तथा सेवाबाट बञ्चित गराईनु दुख लाग्दो कुरा हो, बैशाख सम्म खाली भएका ४ शिक्षक पद र एक जना श्रावणमा खाली भएको गरी ५ जना शिक्षक पदहरु खाली भएको विद्यालयमा शिक्षक पदहरु वैधानिक ढंगबाट शिक्षकहरुको पुर्ति शिक्षण सिकाई क्रियाकलाप सहज एवं सुचारु र सामाजिक सद्धभाव कायम गराउनुको साटो स्वयं नगरप्रमुखबाट नै पटक–पटक नियम विपरीत कार्य तथा समाजमा द्धन्द गराउने र बालवालिकाहरुको शिक्षा आर्जन गर्न पाउने हकमा जिम्मेवार व्यक्तिबाट नै अवरोध सिर्जना भएको प्रष्ट देखिन्छ ।

सो विद्यालयको वि।व्य।स। वडा कार्यालय तथा नगरकार्यपालिकाहरुका बैठकका पटक पटकका अपमानजनक गैह्रकानुनी निर्णयहरुवाट प्रधानाध्यापक श्री लछिराम साउदलाई पर्न गएको मानसिक,शारिरीक तथा आर्थिक असरहरुको उचित मूल्याङ्कन गरी सम्मानजनक क्षतिपुर्ति प्रदान गरी तत्काल निज प्रधानाध्यापकलाई न्यायको प्रत्याभुति अनुभुति दिलाउन बडीमालिका नगरपालिकालाई नेपाल शिक्षक संघ जोडदार माग गर्दछ, सम्मानित सर्वोच्व अदालतको फैसलाको कार्यान्वयन गरी विद्यालय र समुदायमा सामाजिक सद्धभाव तत्काल कायम गर्न गराउन बडीमालिका नगरपालिका लगाएत सरोकारवाला पक्षहरुमा हार्दिक अनुरोध गर्दछौं, यदि यस पछि पनि यस्तै खालका अशोभनीय कार्य नगरप्रमुख एवं जिम्मेवार व्यक्तिरुबाट दोहरीने कार्य भएमा नेपाल शिक्षक संघ चरण्वद्ध रुपमा थप आन्दोलनका कार्यक्रम गर्न वाध्य हुने चेतावनी व्यक्त गर्दछ । कुनै पनि शासकहरुको निरंकुश कार्यशैलीको विरुद्धमा र सम्पूर्ण बाजुराबासी शिक्षकहरुको पेशागत हकहित सुनिश्चितता, कानुनी न्यायको पक्षमा आवाज बुलन्द गर्न आम शिक्षकहरू एकजुट हुन आवश्यक छ, यसरी बडीमालिका नगरपालिकाले पटक–पटक खराब नियतका साथ शिक्षा क्षेत्रमा संलग्न शिक्षकहरुलाई अपमान गरेका थुप्रै प्रमाणहरु सार्वजनिक गर्नु पर्ने दिन आएकोछ, पेशागत न्याय र हकहितको निम्ति ऐक्यबद्धताको लागि सम्पूर्ण शिक्षाप्रेमी, न्याय प्रेमी तथा पेशागत हकहितका लागि स्थापित संघ÷संगठनहरुलाई हार्दिक आह्वान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!