युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
198 पटक पढिएको

कुप्रथा छाउपडि प्रथा अझै पनिः सदरमुकाममै छाउगोठ « Surya Khabar

बाजुरा–जिल्लाका अधिकांस बस्तिहरुकमा पछिल्लो समयमा छाउगोठहरु भत्काइएको पाइएको छ । छाउपडी पर्थाको अन्त्य गर्ने उदेश्यले महिनावारी  हुदा छाउगोड बसाउने गरेका बस्तिहरुमा रहेका छाउगोठहरु भत्काइएका छन् । यसरी छाउगोठहरु भत्काइएपछी पछिल्लो समयमा महिनावारी हुदा छाउगोडमै बसाउने परमपरा भने हटेको छ । परमपरा देखी नै सामाजिक कुसंस्कारका रुपमा समाजमा जरो गारेर बसेको प्रमुख सामाजिक समस्याका रुपमा रहेको छाउपडी पर्थाको उन्मुलनका लागि बाजुरा जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायहरु, लागिपरेका छन् ।

पछिल्लो समयमा अधिकांस मानिसहरु शिक्षित बनेसंगै यो कुपर्थाको अन्त्यमा केही सहयोग भने पुगेको देखिन्छ । सुदुरका ९ वटा जिल्लानहरु मध्यको ग्रामीण समाज अन्तरगतको बिकट अनि दर्गम जिल्लाका रुपमा चिनिने गरेको , राज्यको नजरमा पर्न नसकेको दुर्गम बाजुरा जिल्ला च्रम भोकमरी, गरिबी र व्यरोजगारी्, अशिक्षा जस्ता यावद समस्यााहरु अझै पनि प्रयाप्त मात्रामा छन्। बाजुराका अधिकांस मानिसहरु हालसम्म पनि अशिक्षित नै छन् । यही अशिक्षाका कारण यहाँ बिभिन्न प्रकारका कुसस्कारहरु  जरो गारेर बासिरहेका छन् । मानिसहरुको न्युन चेतना स्तरले यि थुप्रै प्रकारका कुसस्कारहरुले अहिले सम्म निरन्तरता पाइरहेको छ ।

कुसंस्कार अन्तरगत बालविवाह छाउपडी पर्था, जातिय बिभेद, लैङ्गिक हिंसा, यि प्रमुख सामाजिक समस्याका रुपमा रहेका छन् भने यस्ता अन्य थुप्रेै समस्याहरु प्रयाप्त मात्रामा छन् । जुन समयहरूले  बाजुरालाई मानव सुचकाङ्कको न्यन स्तरबाट माथि उठ्नबाट अवरोध सिर्जना गरिरहेका छन् । जुन समस्याहरुले बाजुराको सामाजिक बिकासमा पनि बाधा पुर्याइरहेका छन् । जसमध्यको एउटा  छाउपडी पर्था हाे । जुन  एउटा प्रमुख सामाजिक समस्याकमा रुपमा रहेको छ । जुन सामाजिक समस्या हट्दैै जानुको साटो झन निरन्तरता पाउँदै  गएको पाईन्छ । याे समस्या बाजुरा जिल्लाका सबै पालिकाहरमा अझै छ । महिनावारीको समयमा महिलाहरले ठुलाो सास्ती भोग्नु पर्ने बाध्यता अझै हटेको छैन् ।

महिनावारीको समयमा घरभित्र बस्नुहुदैन, घर आगन छुनुहुदैन, गाइवस्तुलाइृ छुनुहुदैन, मठ मन्दिर जानुहुदैन दुध, दही जस्ता पोषिला खानेकुराहरु खानु हुदैन आदी भ्रमात्मक गलत प्रचलनहरु हाल सम्म पनि कायमै छन् । यदी यि सवै कुराहरु गर्याे भने देबि देउटा रिसान्छन् अथवा दोस्छन् भबिस्यमा पोइली घर गएपनि देवता लाग्छन भन्ने अन्धबिश्वास परमपरादेखि रहदै आएको छ । जुन अन्धिबिश्वासका कारण हाल सम्म पनि यो परमपराले निरन्तरता पाएको छ । अधिकांस मानिसहरु यो कुपर्थालाई मान्नन छोड्न नहुने धारणा अझै छ । तर अहिलेको एक्ककाइसौँ सताव्दिमा पनि यस्ता प्रकारका अन्धबिश्वासहरुको पछी नलागि यो कुपर्थाको जरै देखि अन्त्य गर्नुपर्ने धारणा राख्छन् ।

एकथरी शिक्षित मानिसहरुले यो कुपर्थाको जरै देखि अन्त्य गर्नुपने बिचारलाई अघि सारेर यो कुपर्थाको अन्त्य गर्नका लागि यो सम्वन्धि अभियानकै रपमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएतापनि एकथरी अशिक्षित मानिसहरुको मानसिकता यो पर्थालाई छाड्न नहुन रहेको हुदा यो समास्याको अन्त्य गर्न निकै चुनौतिपुर्ण देखिएको छ । यो कुपर्थाको अन्त्य गर्नमका लागि सबै मानिसहर शिक्षित हुनुपर्ने देखिन्छ । अर्को चुनौतिपुर्ण बिषय भनेको एक थरी शिक्षित मानिसहरुले पनि यो समस्याका बिरुद्ध जनि सुकै आवाजहरु बुलन्ध गरेर यसको अन्त्यकै लागि लागिपरेता पनि नि मानिसहरले नै यो कुपर्था मान्ने गरेको छ । बाहिर जति सुकै यसको अन्त्यका लागि पहल गरेपनि आफ्नै घरभित्र यो पर्थाको अन्त्य हुन सकेको छैन् ।

कुनैपनि कार्यक्रममा छाउपडी पर्था मान्नुहुन्न भनेर जति सुकै बोलेर अरुलाई मान्नुहुन्न भनेपनि आफु महिनावारी हुदा अलगै बस्नुपर्ने बाध्यता रहेको जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. ५ स्थायी घर भएकी जुना बुढा बताउन्छिन् । उनि अहिले कक्षा १२ मा पढ्छिन् । उनि बसोवास गर्ने गाँउ लगायत आसपासका ठाँउहमा महिनावारी हुदा महिलाहरलाई गरिने बिभेद कायमै छ । सम्झिदा देखी अहिले सम्म महिनावारीको नाममा गरिने बिभेदमा खासै परिवर्तन हुन नसकेको उनि बताउन्छिन् । उनी सानो हुदा उनकी आमा महिनावारी हुदा जुन व्यवाहार गरिन्थ्यो त्गयही व्यवाहार अहिले जनालाई पनि गरिन्छ । तर हिजोको त्यो समाजमा र आजको समाजमा निकै फरक भइसकेको छ । गाँउमा पुर्वाधार बिकासले भने  तिव्रता   पाएको उनको भनाई छ । आज भन्दा १० बर्ष पहिलाको तुलनामा उनि बस्ने लगायतका आसपासका गाँउमा नसोचेको बिकास भयो ।

गाँउमा खानेपानीको जस्ता अभाव थियो त्या अहिलै छैन् । बिजुली बत्ति पनि जले, गाडी पनि घर नजिकै पुगे । पहिला जस्तै खबर आदान प्रदान गर्न सम्बन्धित ठाँउ पुग्नुपर्ने बाध्यता हत्यो । तर उनि बसोवास गर्ने सानजमा जुन अपचलनहरु मान्दै आएका थिए ति अपचलनहरले अहिलेपनी त्यतिकै मान्यता पाएको उनको बुझाई छ । एक थरी मानिसहरुले यि समस्याहरु मान्न नहुने बताउदै आएका कारण केही पहिलाको तुलनामा कम भएपनि यि समस्यारको जरो उखेल्न भने निकै असहज रहेको उनि बताउन्छिन् । यो समस्या उनको पालिकामा मात्र छैन । जिल्लाका अन्य पालिकामा पनि उत्तिकै छ । यस्तै मनावाररिको वेला गरने बिभेदको अन्य आफ्नै घरबाट नसकिएको बुढिगंगा नगरपालिका वडा न. ४ की किशारी सावित्री खत्रीले बताउीन्छन् । उनि अहिले सोही नगरपालिकाको भानोदय मा.वि मा कक्षा ११ मा अध्यनरत छिन् । उनी सानै देखी बाल क्लवहरुमा सक्रिय भएर काम गर्दै आइरहेकी छन् ।

उनले छाउपडी पर्था मात्र नभई अन्य सामाजिक समस्याहरुका बारेमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरुमा सहभागि भई यि समस्याहरुको बारेमा जानकारी लिएकी छन् । उनलााई यि समस्याहरुले व्यक्तिगत जिवनमा अथवा समाजमा पारेका नकारात्म प्रभाव, र यि समसयाहरुको समाधानका उपायहरु पनि थाहा छन् । तर उनले आफुले घरमा गएर आफुले सिकेका कुराहरलाई व्यवाहारमा ल्याउन सकेकी छैनन् । महिनावारी कुपर्था नभई प्राकृतिक नियम हो भन्ने कुरा यो समयमा घरपरिवार संगै मिलेर बस्दा पनि केहि हुन्न भन्ने कुरा उनलाई थाहा छ । ।तर घरको आमावुवाले महिनावारी हुदा आफुहरु संग बस्न दिदैनन् । महिनावारी हुदा पहिला जस्तो छाउगोठमै नसुताएपनि अहिले पनि अलग्गै सुताउन्छन् । गाई भैसिकाे गोठ नजिक जान दिदैनन् ।  र गाई भैसिको दुध दहिपनि चार दिन नपुगुन्जेल सम्म दिदैनन् । तर अचम्मको करा उनले काटेर ल्याएको घाँस भने भैसिलाई खुवाउन हुन्छ ।

सानो हुदा त यस्तो गर्दा खेरी त  आफुलाई अचम्म लाग्ने गरेको गथ्र्याैँ  तर अहिले कही लाग्दैन उनले भनिन् । यो उनले चाहेर पनि भएको होइन एक्लै बस्न उनको रहर हाेइन् बाध्यता हाे ।  उनी चाहेर पनि एक्लै बसेकी हैनन् । उनी घरमा धैरै सम्झाउन्छिन् तर उनले भनेको उनका आममाबाबाले सधै अटेरी गर्छन । सम्झाउन खोजेपछी झनै होच्याउने अभिव्क्ति दिएर उनका वुवाआमाले झस्काउन्छन् र उनी दरले दोस्रो पटक केही बोल्दिनन् । बरु आफ्नो ब्वाआमाको मानसिकता आफ्नो जस्तै भैदिएको भए कि त आफ्नो कुरा घरकोले मानिदिएको भए छाउपडी पर्थाको अन्त्य आफ्नै घरबाट उनको भनाई छ । यो पर्थालाई सवैले निरन्तरता दिएता पनि परिवार पिछे फरक–फरक भने देखिन्छ कुनै परिवारमा बढी छ त कुनै परिवारहरुमा कम शिक्षित परिवार र अशिक्षित परिवार बिच पनि भिन्नता पाईन्छ । बाजुरा जिल्लाको संदर्भमा हालसम्म पनि अधिकांस मानिसहरु अशिक्षित नै छन् । एक थरि मानिसहरु शिक्षित छन् भने एक थरि मानिसहरु अशिक्षित छन् । यतिवेला शिक्षित र अशिक्षित मानिसहरु बिच कुनैपनि कमुरामा मतभेद सिर्जना हुने गरेको छ । शिक्षित बर्गले अशिक्षित बर्गका बिचारहरुलाई आत्मसात नगर्ने र अशिक्षित बर्गका बिचारहरुलाई शिक्षित बर्गहरुका बिचारहरुलाई स्युकार नगर्ने हुदा बिचारहरुमा बिमतिका कारण यि समस्यमरु पनि एक थरी मानिसहरुले मान्ने र एक थरी मानिसहरुले नमान्ने गरेको पाईन्छ ।

अधिकांस मानिसहरू अशिक्षित छन् र ति अशिक्षित मानिसहरको चेतना स्तर पनि न्युन छ । अधिलेको बिज्ञान अनि प्रबिधिको युगमा शिक्षा बिनाको मानिस र पानि बिनाको माछा उस्ताउस्तै हुन । त्यसकारण व्याप्त अशिक्षा र न्यन चेतना स्तर भएकै कारण यि समस्याहरुले अझै समाजमा स्थान पाएको देखिन्छ । घरपरिवारका सदस्यहरुले आफु महिनावारी हुदा हुदा एउटै सौचालय समेत प्रयोग गर्न नदिएको जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न.३ की किशोरी सरवसती खड्काले बताइन् । उनि अहिले कक्षा दशमा अध्यनरत छिन् । महिनावारी हुदा घरपरिवारले थुप्रै प्रकारका बिभेदहरु गर्ने गरेको उनि बताउन्छिन् । उनलाई घरपरिवारले उनि महिनावारी हदा गर्ने गरेको व्यवाार उनलाई पटक्कै मन पर्दैन । मन नपरेपनि तर सहेर बस्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । यो समस्या उनको घरमा मात्र छैन् उनको जस्तै यो बिभेद सहन उनका समुदायका सुवै किशोरीहरु बाध्य छिन् । उनि अहिले वडा स्तरिय बाल क्लवमा आबद्ध छिन् ।

उनि सानैमा गाँउमा पनि टोल स्तरीय बाल क्लवमा समेत आबद्ध थिइन् । उनलाई महिनावारी मात्र नभई अन्य समाजमा व्याप्त कुसंस्कारहरुका बिषयमा पनि थुप्रै कुराको जानकारी छ ।उनले मर्यादित महिनावारी सम्वन्धि थुप्रै तालिम गोष्ठिहरुमा सहभागि भएकी छन् । उनलाई महिनावारी स्वछता र व्यावस्थापन भनेको के हो र कसरी गर्ने भन्ने कुरा थाहा छ ।उनी यि समस्याहरका बिषयमा समाजमा सचेतना समेत फैलाउदै आएकी छिन् । तर महिनावारीको अवस्था भने अझै उस्तै छ । उनले भनेको कुरा नत उनका घरपरिवारले मानेको छ न त समाजले नै मानेको छ । यता बिद्यालयमा भने बिगतका वर्षहरुमा भन्दा हालको अवस्थामा धेरै सधार भइसकेको उनको बुझाई छ । “उनल भनिन्” “६/ ७ कक्षामा पढ्दा बिद्यालयमा महिनावारी स्वच्छता युक्त सौचालयको व्यवस्था थिएनन् । महिनावारी हुदा अहिले जस्तो खुलेर कुरा गर्दैन थिए । धेरै जसो ठाँउहरुमा त किशोर र किशोरीहरुले प्रयोग गर्ने एउटै सौचालय हुन्थे । महिनावारी हुदा त्यतिवेला किशोरीहरु बिद्यालय छोडेर घर जान गरेका थिए ।

कतिपय त महिनावारीको अवधिभर बिद्यालय नआउने पनि गर्थे । बिद्यालयको नजिकै मठ मन्दिर छ भने देउटा लाग्ने डरमा ५ दिन सम्म बिद्यालय जाँदैनन् थिए” । तर अहिले महिनावारी भएपछी घर जानुपर्ने बाध्यता भने सवै बिद्यालयहरुमा हटिसकेको उनले बताइन् । महिनावारीको बिषयमा अहिलेका सवै किशोरीहरुले खुलेर कुरा गर्न सक्ने पनि उनको बिश्वास छ । यो सवै सम्भव बिशेष गरि गैर सरकारी संघ सस्थाहरका कारणले सम्भव भएको उनको दावी छ । तर बिद्यालयको जस्तै सहज बातावरण घरमा उनलाई छैन् ।पहिला पहिला बिद्यालयमा महिनावारी हुदा किशोरहिरलाई किशोरहरुले गिज्याउने गरेको पनि पाइन्थ्यो तर अहिले यो पवृतिको भने अन्त्य भइसकेको पाइन्छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ४ का हिमाल उखेडा अहिले किशोरहरुले पनि बिद्यालयमा होस की समुदायमा होस महिनावारी स्वच्छता र व्यवस्थापनमा सहयोग गरिहरहेको दावी गर्छन, । महिनावारी स्वच्छता तथा व्यवस्थापन सबैको साझा प्रयासले मात्र सम्भव हुने उनको दावी छ ।

तर उनले यस्तो बताए पनि आफ्नो घरकोले भने नमानेको उनि बताउन्छन् । उनको घरमा उनको दिदि र आमा महिनावारी हुन्छन् । दिदि अथवा आमा महिनावारी भएको वेला उनि छुइन्छ भन्ने करालाई खासै वास्ता गदैनन् । लापरवाही गरेको भन्दै घरपरवारले रिसाउने गर्छन् । उनको जिद्धि गर्ने स्वभाव प्रति उनका परिवारका सवै सदस्यहरु असन्तुष्ट छन् । परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्ने भन्दै यो सव गर्नु आफ्नो रहर नभई बाध्यता रहेको उनको भनाई छ । “उनले भने म” “कहिलेकाँही आमा महिनावारी हुदा आमाले खाएका भाँडाकुडा भान्छा कोठामा लग्ने प्रयास गर्छु । तर हजुरआमाले  थाहा पाउनु भयो भने सहनै नसकिने गरी छाउपडीका छुइएका भाँडा किन भान्छामा ल्याउन्छस भनेर गाली गर्नुहुन्छ । हुन त थाहा नपाएपछी केही नहुदो रहेछ । मैले थाहा नपाउने गरी कत्ति दिन त घर भित्रै लगेको छु । तर कसैलाई केही हुदैन् । यो खाली अन्धबिश्वास मात्र हो । यसका लासग सुवै मानिस शिक्षित हुन जरुरी छ” । यो पर्था घरमा धामी र पुजारी भएको घरमा अझ बढी हुन्छ । उनकै छिमेकी काका धामी छन् । उनको घरमा भन्दा पनि उनको काकाको घरमा यो प्रर्था धेरै छ । काका धामी भएका कारण घरमा जगेरा ाखिएको हुन्छ । त्यसकारण काकी महिनावारी हुदा अर्काको घर सुत्ने गरेको पनि उनको भनाई छ । उनका अनुसार धामि पुजारी भएको घरमा त झन छुनै नहुन परमपरा छ । समुदायका बुढापाखाहरु यो परमपरादेखी मान्दै आएको हुनाले छोड्न नहुने एकोहोरो धारणा रहेको पनि उनले बताए ।

यो समस्या जिल्लाका सवै पालिकाममा व्याप्त मात्रामा रहदै आएको भएतापनि भुगोल अनुसार पनि केही फरक देखिन्छ । जिल्लाका केही दुर्गम र बिकट बस्तिहरमा धेरै छ । जिल्लाका त्रिवेणी, बुढिगंगा, बडिमालिका नगरपालिकामा केही रुपमा यो समस्या कम हुन सक्ने अनुमान छ । तर यि पालिकाका सवै ठाँउहरुमा एउटै भने  छैन । र जिल्लाका अन्य पालिकामा भने अली बढी हुन सक्ने अनुमान छ । यस्तै शिक्षित र अशिक्षित परिवारमा पनि फरक फरक छ । अशिक्षित परिवारमा केही बढी छ भने शिक्षित परिवारमा केही रुपमा कम हुन्छ । सवै मानिसहरु शिक्षित भएको घरमा यो समस्या न्युन छ । जिल्लाको बडिमालिका नगरपालिका वडा न.८ मा रहेको श्रि मालिका नमुना मध्यामिक बिद्यालयमा अध्यापन गराइराख्नु भएका आफ्नो घरमा महिनावारी हुदा कुनै प्रकारको बिभेद नरहेको बताउनुहुन्छ । उहाँ लामो समय देखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । पेशाले शिक्षक भएतापनि समाज रुपान्तरण र परिवर्तन गर्ने तिर उहाँको उत्तिकै चासो छ । आफ्नो घरमा आफुले बिहे गरेको दिनबाटै यो पर्था मान्न छोडिसकेको उहाँको भनाई छ । उहाँले यो पर्था मान्न छोडेको लामो समय बितिसकेको छ ।

तर सामाजिक मान्यता अनुसार आज सम्म उहाँलाई केही न केही हुनुपर्ने हो तर अहिलेसम्म यो पर्था मान्न छोडेकै कारण ककुनै क्षती नभएको उहाँको दावी छ । छाउपडी  पर्था सामाजिक कुपर्था हो । यो मनिसहरुमा भएको अन्धबिश्वास मात्र हो भन्ने कुरा उहाँको परिवारबाट प्रष्ट हुन्छ । तर उहाँकै नजिकका अन्य घरपरिवारले समेत अझै मान्दै आइरहेका छन् । कसैले नमानेपनि आफुहरुले मान्न छोड्न नहुने उहाँकै समुदायका मानिसहरुको धारणा छ । उहाँ जस्तै उहाँको समुदायमा यस्ता व्यक्तिहरु छन् । “उहाँ भन्नुहुन्छ” । “यो समस्या पहिलाको तुलनामा अहिले धैरै कमभइसकेको छ । बिस्तारै यो कपर्था हट्दै जाने देखिन्छ । तर यसमा सवैको मानसिक्ता परिवर्तन हुन आवश्यक छ । एउटाले मात्र यो कुपर्थाको अन्त्य गर्न सम्भव छैन् । यो समस्यालाई एकैचोटी रोकिएला त भन्न सकिन्न तर क्रमिक रुपमा केही कम हुदै गएको हामीले महसुस गरेका छौँ । हामीले पहिलो कुरा त आफैबाट सुरु गनुृपर्छ । यो बिषयलाई जति सरल तरिकाले समुदायका अन्धा मानिसहरले बुझिरहेका छन् त्योभन्दा बढी जटिल छ” । “थुपै्र महिलाहरुले छाउगोडमा सर्पले टोकेर निसास्एिर,बलातकृत भएर ज्यान गुमाउनु परेका घटनाहरु उहाँ सुनाउनुहुन्छ” । यदि फेरी पनि यि समस्याहरु रही राख्ने हो भने ति घटनाहरु बाजुरामा पनि नघट्लान भन्न सकिने अवस्था नरहेको पनि उहाँको भनाई छ ।

जिल्लाको प्रमुख समस्याका रुपमा रहेको छाउपडी पर्थाको अन्त्यका लागि बिभिन्न जिल्ला स्थित सरोकावाला निकायहरु र गैर सरकारी संघ सस्थाहरु दिर्ण संकल्पका साथ लागिरहेको भएतापनि यसमा त्यत्तिकै चासो स्थानिय सरकाले नदेखाएको सरोकारवाला निकायका व्यक्तिहरु बताउन्छन् । स्थानिय सरकारका जनप्रसितनिधिहरुको ध्यान केवल बाटो, पुल, सडक खानेपानी बिद्यालयका भवन आदी निर्माण गर्ने कुरामा मात्र केन्द्रित भएको देखिन्छ । परमपरादेखी समाजमा जरो गारेर बसेका सामाजिक बिकृति र बिसंगतिहरुको अन्त्यका लागि केही पालिकाले गरेतापनि अधिकांस पालिकाहरुले कुनै चाख लाग्दो पहल भएको देखिन्न । जुन समस्याहरुले समुदायका नागरिकको व्यक्तिगत जिवनमा अर्थात समुदायमा नकारानत्मक असर गर्दै आइरहेका छन् । समाजमा बिभिन्न प्रकारका द्धन्द सिर्जना र अशान्ति निम्त्याइरहेका छन् जसका कारणले बिकासले पनि तिब्रता पाउन सकेको छैन् । ति समस्याहरुको समाधान र अन्त्यका लागि कुनै पहल नहुनु अतेन्तै दुखःद पक्ष हो ।

जिल्लाको बडिमालिका नगरपालिकाले मात्र नगरपालिकालाई २०८० साल भित्र छाउपडी गोठ मुक्त गोषाण गर्ने भावि रणनिति तयार पारेको छ । केही वडाहरुलाई छाउपडी गोठमुक्त वडाहरु यस अघि नै घोषणा गरिसकेको छ । सामाजिक समस्याहरको समाधानका लागि स्थानिय सरकारले पनि अहम भुमिका निर्वाह गर्न आवश्यक रहेको बडिमालिका नगरपालकाकी उप–प्रमुख कबिता बिष्ट बताउनुहुन्छ । यि सामाजिक समस्यारुलाई समाजबाट निरुतसाहित गर्नका लागि स्थानिय सरकारले आवश्यक लगानी गर्न कन्जुसाई गर्न नहुने पनि उहाँको भनाई छ । आफ्नो नगरपालिकाको तर्फबाट यि समस्याहरको समाधानका लागि नगरपालिका सकस प्रयास गरिरहेको पनि उहाँको दावी छ । यस्ता प्कारका कुसंस्कारहरुको अन्त्य नगरुन्जेलसम्म समाजले उनमुक्ति नपाउने र सभ्य र सुसस्कुत समाजमा निर्माण गर्न नसकिने उहाँले बताउनु भयो । उहाँ नगरपालिकाका सवै वडाहरुमा महिलाहरुलाई र समुदायका व्यक्तिहरु संगै पुगेर सचेतना समेत फैलाउदै आइरहनु भएको छ । “उहाँले भन्नभयो हाम्रो नगरले नगरपालिकालाई छाउपडी गोठमुक्त नगर बनाउने रणनिति छ । उसरी अन्य पालिकाले पनि पहल गर्नपर्छ । यो हामी जनप्रतिनिधिको दायित्व हो । म महिला भएको नाताले नि कुनै पनि महिला दिदिबहिनिहरुले महिनावारीको समयमा यो समस्या अवका दिनमा भोग्नु नपरोस् भनेर म आफै पनि लागि परेकी छु” ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!