युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
92 पटक पढिएको

बाजुरामा पाँच पालिकामा एमाले, तीन पालिकामा काँग्रेस विजयी, काँग्रेसले समन्वय समिति गुमाउदै

बाजुरा – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछिको मत परिणाम अनुसार आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लामा ९ पालिकामध्ये पाँच गाउँपालिका र चार नगरपालिका मध्ये ती वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक संगै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै नव निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९ वटा पालिका मध्ये आठ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको जनाएको छ । मतगणनाको परिणाम सार्वजनिक भएका पालिकाका प्रमुख उप प्रमुख र वडाध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । उनीहरुले वडामादेखि पालिकासम्मको पदभार ग्रहण गरेका छन् । जिल्लाका ९ वटा पालिका नेकपा एमालेले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ ।
एमालेले बडीमालिका नगरपालिका,बुढीनन्दा नगरपालिका,जगन्नाथ गाउँपालिका,गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा विजयी हासिल गरेको हो ।
यस्तै नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिका जितेको छ । काँग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

एमालेले बडीमालिकामा अमर खड्का,नन्दा थापा, बुढीनन्दामा जनक कुमार बोहरा,गौमुलमा हरिबहादुर रोकाया,सिता थापा,जगन्नाथमा काली बहादुर शाही,मरुकला विष्ट र खप्तड छेडेदह गाउँपालिकामा दीलबहादुर रावत निर्वाचित भएका छन् ।
यस्तै नेपाली काँग्रेसका हिमालीमा गोविन्द्रबहादुर मल्ल,स्वामीकार्तिक खापर गाउँपालिकामा भरतबहादुर रोकाया,मैना जोशी र त्रिवेणी नगरपालिकामा कर्णबहादुर थापा र कमला जैशी(न्यौपान)ले जितेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिका सहित ६ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो । भने नेकपा एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा काँग्रेसले तीन पालिकामा चित्त बुझाउनु परेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि एमालेले लिने भएको छ ।

बुढीगंगामा मतदान कि मतगणना ?
जिल्लाका आठ पालिकाको मत परिणाम आएपनि बुढीगंगा नगरपालिकाको मतदान गर्ने कि मत गणना गर्नै विषयमा भने विवाद रहेको छ ।
मतदानको बेला काँग्रेसले एमालेका कार्यकर्ताले मतदातालाई सहज रुपमा मतदान गर्न नदिई धाधली र बुथ कब्जा गरेको आरोप लगाउदै ४ वडाका मतदानमा पुनः मतदान गर्नुपर्ने माग राख्दै आएको छ । उक्त नगपालिकाका वडा नम्बर २,३,५ र ९ वडामा काँग्रेसले पुनः मतदान गर्न माग राखेको हो भने नेकपा एमालेले वडा नम्बर ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ ।नगरपालिकामा मतदान भएको एक साता बढी वितिसक्दा समेत आयोग अनिर्णित हुँदा मतदातामा निराशापन छाएको छ । पालिकाको निर्वाचन अधिकृत समेत छैन । असुरक्षित र पार्टीका नेताहरुले घेराबन्दी गर्न थालेपछि निर्वाचन गराउन नसक्ने भन्दै मार्तडीमा पुगेर बैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाइृ पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजिनामा बुझाउनु भएको थियो । सापकोटाको राजिनामा पछि पालिका निर्वाचन अधिकृत विहिन बनेको छ ।धाधली भएका वडामा काँग्रेस पुन मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको भएपनि दुबै पार्टीले अदालतमा जाने तयारी थालेका छन् ।

मालिका टुडेबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!