युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
169 पटक पढिएको

Open photo

बाजुरा –  बाजुरामा महिलाहरु Womenkind को आर्थिक सहयोगमा टेवा नेपाल र महिला विकास मंचको साझेदारीमा पेभ कार्यक्रमको सहयोगमा ब्यावसायिक बन्ने प्रयत्न गरिरहेकी छ्न् । पेभ कार्यक्रम बाजुराका पालिका त्रिवेणी नगरपालिका, खप्तड छेडेदह, र बडिमालिकामामा लागू छ ।पेभ कार्यक्रम लागू भएपछि सो नगरपालिकाका सीमान्तकृत बर्गका महिलाहरूमा क्षमताको बिकास हुँदै गएको छ । समय समय पेभ कार्यक्रमका तालिमहरुमा सहभागी हुँदै गर्दा र सो कार्यक्रमबाट आर्थिक सहयोग समेत पाएपछि महिलाहरु आत्मनिर्भरता समेत बढेको पाइएको छ । यस्तै पेभ कार्यक्रमकै सहयोगमा आफ्नो पनि थप क्षमता बिकास भएको र महिलाहरु आफै पनि आत्मनिर्भर कसरी बन्न सक्छन् भन्ने कुराहरु सिकेको त्रीवेणी नगरपालिका वडा न . ४ तोली स्थायी घर भएकी भागी देवी साँउद बताउन्छीन्। सो नगरपालिकामा पेभ कार्यक्रम लागू छ ।

पेभ कार्यक्रम लागू भएपछि आफुमा थप क्षमतामा विकास भएको उनले बताइन् । पेभ कार्यक्रम बाट उनले आर्थिक सहयोग भने पाइनन् ।  तर पटकपटक विभिन्न तालिमहरुमा सहभागी हुने अवसर उनलाई मिल्यो । पटकपटक पटक तालिममा सहभागी हुने अवसर पाएकी उनको तालीमबाटै थप क्षमता भएको उनको भनाई छ ।आफुले सहयोग नै नपाए पनि आफु जस्तै अन्य समुदायका महिलाहरुले सहयोग पाएको उनले बताइन् । उनले भनिन् मेरो मात्र होइन पेभ कार्यक्रम लागू भईसकेपछी म संगकै अन्य महिलाहरूमा पनि क्षमता विकास भएको छ । यति मात्र होइन हामी महिलाहरू स्वभावलम्बी र आत्मनिर्भर बन्न सफल भएका छौँ । हामी महिलाहरूले एउटा क्षमता विकास मात्र गरेकी छैनन् पेभ कार्यक्रमकै सहयोगमा विभिन्न सिपमुलक तालिम पाएपछि रोजगारी तर्फ उन्मुख भएर व्यवसायिक बन्ने प्रयत्न समेत गरिरहेका छौँ ।

त्रिवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साँउदका अनुसार साँउद एक अपांगता भएकी महिका हुन् । उनी नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कार्यक्रम अन्तर्गत त्रिवेणी नगरपालिका वडा नं.४ तोलीमा गठित परिवर्तनशिल महिला समुहको सदस्य समेत हुन् । उहाँको कम्मरको ढाड टुटेर खुट्टा पनि राम्रोसँग चल्दैनन । विगत ७ वर्ष पहिले नेपालमा उपचार सम्भव नभएर भारतमा गएर पित्तथैली समेत झिकेर फालेको साउदले बताइन् । उनले बिहे गरेको १ वर्ष पनि बित्न नपाउँदै उहाँ रुखबाट लडेको उनी बताउन्छिन्र । उनले थपिन उपचारका लागि भारतमा ८/९ लाख खर्च गर्दा पनि निको भएन । अलिअलि मात्रै सुधार भयो । आफू अशक्त भएपछि श्रीमानको राम्रो सहयोग र धेरै माया पाएर सिलाईकटाई सम्बन्धि २/३ महिना तालिम लिएर आफ्नै घरमा खुद्रा पसल सँगसँगै सिलाईकटाई गर्दै आइरहेको उनले बताइन् ।

साउदले चोली, कुर्ता सुरुवाल, पेटिकोट, म्याक्सी र स्कुल ड्रेस सिलाउदै आइरहेको बताइन् । सिलाईकटाई सँगसँगै साथमा खुद्रा पसल भएकोले आम्दानी पनि राम्रो हुन थालेको उनको भनाई छ । उनका श्रीमान नरबहादुर साँउदले पनि श्रीमतीको राम्रो हेरचाह संगसंगै च्याउ खेती व्यवसाय र कुटानी पिसानी मिल संचालनमा ल्याएकाछन् । श्रीमानको सो व्यवसायबाट पनि धेरै राम्रो आम्दानी भइरहेको उनले बताएकी छन् ।उनका श्रीमानले घरपरिवारको हेरचाह र व्यवसायमा सजिलैसँग समय दिन सकेका छन् । आफुले गरेको व्यवसायबाट घरखर्च समेत बहिनीलाई कृषि जेटियो र छोरालाई बन विज्ञान फरेष्टिङ्मा पढाइ रहेको पनि साउदले बताइन् । यति मात्र होइन समुदायमा अप्ठ्यारो परेका दुःखी बिरामी तथा असहाय टुहुरा बालबालिकाहरुलाई पनि सहयोग गर्दै आइरहेको पनि साँउद बताउन्छिन । आफू अपाङ्ग भएको हुँदा समुदायमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदाय भित्रका सपाङ्ग मान्छेहरुले हेर्ने नराम्रो दृष्टिकोण फरक रहेको उनको बुझाई छ ।

यसरी समुदायमा कोहि व्यक्ति अशक्त वा अपाङ्ग छ भने उसलाई समान दृस्ठिकोणले हेर्नुपर्ने र सक्दो सहयोग गर्नुपर्ने साउदोको धारणा छ । साउदका श्रीमान श्रीमती दुवै एक अर्कालाई अतेन्तै सहयोग गर्छन् । सारिरिक अशक्तत भएता भएतापनी हरेक श्रीमानले श्रीमतीलाई र हरेक श्रीमतीले श्रीमानलाई यसरी नै सहयोग र माया दिन सकेमा अपांगता भएकाहरुले पनि सपाङ्गता सरह काम गर्न सक्छन् भन्ने कुराको पाठ यो दम्पतीले समुदायमा सिकाउन सफल भएको छ ।

पछिल्लो समयमा पेभ कार्यक्रमको सहयोगमा विभिन्न कार्यक्रममा सहभागी हुन पाउँदा आफुले थप धेरै कुरा जान्ने अवसर पाएको साँउद बताउन्छिन् ।यो दम्पतीको एक अर्का प्रतिको सहयोग र सद्भावनाले सो समुदायका अन्य दम्पतीहरुका लागि सिकाईको बिषय रहेको त्यहाँका बुद्धिजीवीहरु बताउन्छन् । यो दम्पतिले गरेका कार्यको त्यो समुदायका अन्य दम्पतीहरुले प्रसंसा समेत गर्ने गरेको पेभ कार्यक्रमका त्रीवेणी नगरपालिकाका सामाजिक परिचालक बिक्रम साँउदले बताए । उनले भने ब्यक्ति राम्रो भयो भए परिवार बदलिन्छ र एउटा परिवार राम्रो भयो भने पुरै समुदाय बदलिन्छ । त्यसैले उक्त दम्पती त्यो समुदायकै लागि एउटा पहिचान र सिकाइ हो ।

उनका अनुसार समुदायका धेरै सीमान्तकृत बर्गका महिलाहरुले पेभ कार्यक्रमको सहयोगमा धेरै सिपमुलक तालिमहरु समेत सिकेका छन् । यतिमात्र होइन व्यावसाय संचालन गर्नका लागि आर्थिक सहयोग समेत पाएकि छन् । जुन सहयोगले महिलाहरुलाई व्यावसायिक बन्न र रोजगारी तर्फ उनमुख हुन सहयोग पुर्याइरेको छ । समुदायका अन्य महिलाहरू पनि ती व्यावसायि महिलाहरूबाट महिलाहरु पनि आफैमा आत्मनिर्भर बन्न सक्छन् भन्ने कुराको प्रेणा पाइरहेकि छन् ।

यसरी पेभ कार्यक्रमले महिलाहरूलाई स्वभावलम्वी आत्मनिर्भर र व्यवसायिक बन्न मात्र सहयोग पुर्‍याइरहेको छैन । महिलाहरूलाई समय समयमा क्षमता विकासका लागि विभिन्न तालिमहरु प्रदानगरि महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास गर्न सफल भएको छ । महिलाहरु कम्तीमा आफै आफ्नो परिवार पाल्न मात्र सकुन भनेर दिएको तालिम र गरेको सहयोगले आज पुरै समाजको नेतृत्व गर्ने नेताका रुपमा स्थापित गर्न सफल भएको पाइएको छ । पवीजस्तै अन्य महिलाहरु पनि प्रयत्न गरिरहेकीछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!