बाजुरा– बैसाख ३० गते स्थगति भएको बुढिगंगा नगरपालिकाको दोस्रो पटक मतदान असाढ २३ गते बिहान ७ बजेबाट सूरु भएको छ । जसमा पछिल्लो जानकारी अनुसार वडा न ५ भानुदय मा.बि. मतदान स्थलमा जम्मा २६६ मत खसेको छ । सो ठाँउको (क) मतदान केन्द्र मा १३० मत खसेको छ भने (ख) मतदान केन्द्र मा १२७ मत खसेको जानकारी प्राप्त भएको छ । दोस्रो पटकको मतदानमा स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारी दिनुभयो । एमालेबाट वडा अध्यक्षका उम्मेदवार चक्र थापा प्रतिस्पर्धामा रहेका छन भने नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका उम्मेदवार खडक थापा रहेका छन् ।
जिल्लाको बुढिगंगा नगरपालिकाका १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान हुदैँछ । मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी कुल ९५ जना कर्मचारी खटाईको छ । सो क्षेत्रमा भैरहेको दोस्राे पटकको मतदानमा हजारौंको संख्यामा सुरक्षकर्मी खटाइएको छ । हाल अहिले सम्म कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भने नघटेको मतदान अधिकृतको कार्यालयले जानएको छ । बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो । बुढीगंगाका १० वडा मध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसक्दा फेरि आज स्थानिय तहको निर्वाचन भइरहेको छ ।
बुढिगंगा नगरपालिकाका सबै मतदान स्थलमा स्वतन्त्र रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतको भनाइ रहेको छ। वडानं ५ भानुदय माबिमा रहेको क र ख मतदान स्थलको बाहिर गेट बाट ज्ञण् ÷ज्ञण् जना मतदाता मतदान गर्न पठाउने गरिएको छ । ज्ञण् जना मतदान गरेर बाहिर फर्के पछि मात्र ज्ञण् जनलाइ मतदान गर्न पठाउने गरिएको छ। मतदान बिहान ठ बजे देखि सुरु भएको हो ।बुढिगंगाको निर्वाचनमा १० वडाका वडा अध्यक्ष,सदस्य सहित नगर प्रमुखमा एमालेका राम बहादुर बानिया र काँग्रेसका रङ्ग खाती तथा उप–प्रमुखमा एमालेबाट माया खड्का र काङ्ग्रेसबाट रिता शाही उम्मेदवार हुन । बाजुरा बुढिगंगा नगरपालिकाको पुनः निर्वाचनले बिश्व समाचारमा स्थान पाएको छ । यो निर्वाचनले केन्द्र देखी देशका ७७ वटै जिल्लाहरुको ध्यान केन्द्रीत भएको छ । यो निर्वाचनलाई निकै नै चासोको रुपमा हेरिएको छ ।