पवनराज उपाध्याय/बाजुरा- जिल्लामा रहेको धार्मिक तथा पर्यटन बुढिनन्दा माता देबिको तिर्थ स्थलको उत्पत्तिको विषयमा भनिएको छ।ठ्याक्कै यति बर्ष भयो भनेर यकिन गर्न नसकिए पनि देबिको उत्पती अध्यनको क्रममा धेरै रहस्यहरु फेला परेकाछन।
पहिलो प्रसङ्ग अनुसार
धेरै बर्ष पहिलेको कुरा हो दक्षप्रजापतिले यज्ञ गर्ने बिचार गर्नुभयो। उक्त यज्ञमा शिवजि र सतिदेबीलाई बाहेक सबैलाइ निमन्त्रणा पठाए ।उक्त यज्ञमा आफुलाइ र आफ्नो पतिलाइ निम्तो नदिएको खबर थाहा पाएपछी ,राताराता आखा पार्दै रिसले चुर्ण भएर सतिदेबी यज्ञमा उपस्थित भहिन। आफ्नो पिताले हामिलाइ नबोलाउनुको कारण सोधिन् । तिम्रो पति बौलाहा हो ,मसानघाटमा बस्ने ,देहमा खरानी खस्ने ,नागको माला लगाउने ,जस्तो पायो त्यस्तै नाच्ने कुनै ढ्ङ्ग नभएको तिम्रो पति भएकोले हामिले नबोलाएको हो ।
यति तिमिलाइ मात्र खबर गरेपनि त्यो पछि लागेर आइहाल्छ ! त्यही भएर हामीले तिमिलाइ निम्तो नदिएको हो छोरी दुख नमान भनेर दक्षप्रजापतिले सम्झाउदा भए। त्यसरी तुच्छ बचनले आफ्नो पतिलाइ निन्द्रा गरेको सहन नसकी राता राता आखा पारी दार्हा किटि ,पाखुरा निमोठी ,रिसले चुर्ण भइ ,हरे शिव भन्दै यज्ञ कुण्डमा हाम फाली प्राण त्यागिन। केही समय पछि त्यो खबर कैलाशपर्बतमा शिबजिले ध्यानदृस्ठिले बिचार गरि थाहा पाउनुभयो । तुरुन्त हावाको वेग भन्दा पनि तिब्र गतिमा त्यहा दक्षको यज्ञमा गएर बिलाप गर्न थाल्नुभयो।
हा सति भन्दै सति देबि मातालाइ पिठ्युँमा बोकि पृथ्वी भ्रमणमा लाग्नुभयो। धेरै बर्षको परिक्र पछि सतिदेबिको अंगहरु पतनहुदै गए, जहाँ जहाँ सतिदेबिका अङ्गहरु पतन भए त्यहा त्यहा शक्तिपिठहरु उत्पन्न हुँदै गए ! पृथ्वीमा गहिरा खाल्डोहरु बन्दै गए। त्यस्तै बाजुराको बुढिनन्दा धाममा सतिदेबी माताको बुढी औला पतन भएपछी बुढिनन्दा देबि आएर राज गर्नुभएको र शिबशक्ती स्वरुपले रहनुभएको कुरालाई स्कन्धपुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ ।
दोर्सो प्रसङग अनुसार
एकदिनको कुरा हो बाजुरा जिल्लाको नुरि भन्ने गाउका दाने र पलाने बम दुई दाजुभाइ सिकार खेल्न पाटनमा गएका रहेछ्न। चार पाँच दिनको तयारीका साथ सबै सामाग्री तयारी गरि पाटन तिर प्रस्थान गर्दैथिए। दाजुभाइको सोच सिकार गर्ने थियो! सिकारको लागि पाटनको सबै ठाउमा परिक्रमा गरे !तर जति प्रयास गर्दा पनि कुनै सिकार भेट्टाउन नसकेपछी ती दाजुभाइ निरास भए। त्यो रात उनिहरुले आफू सङग भएको जेछ छ। त्यहि खानेकुरा खाएर भोक मेटाए। त्यस्तै गरेर लगातार ४ दिन बित्यो ,तर कुनै सिकार भेट्टाउन नसकेपछि अब घर फर्किनु पर्यो भनेर बिचार गर्दै थिए। त्यही समयमा एउटा सुनौलो सिङ्ग भएको मृग देखियो। ती दाजुभाइ खुशी भए।
उक्त मृगको सिकारकोलागी पछि पछि गए। धेरै पटक बन्दुक चलाए!तर जति बन्दुक चलाएपनी त्यो मृगलाइ तिर लाग्न सकेन!! मृग उनिहरुको नजिकै हुन्थ्यो तर पनि समात्न र भेट्टाउन मुस्किलै हुन्थ्यो। दिनभरीको परिश्रमले कुनै काम नभएपछी साझ पर्यो ! तिनी दाजुभाइ एउटा ठूलो गुफामा गएर बास बसे ! अब खानेकुरा के खाने भनेर चिन्ता पर्यो। यस्तो सुनसान पाटनमा मान्छे हुने कुरै भएन ! चिन्ताले ब्याकुल भएका थिए । केही समयपछी रातको समयमा कसैले लौ यो खिर खाउ भनेको आकाश्वाणी भयो ! त्यो खिर नजिकै थियो। उनिहरु भोकाएका हुदा सपासप खाए। तर अचम्मको कुरा यो थियो कि त्यहा मानिसहरु कोहि थिएन ,कता देखि यी खिर आयो भन्ने कुराको मनमा खुल्दुली भहिरहेको थियो। उनिहरु दिनभरी थाकेकाले गुफामा गहिरो निन्द्रामा सुते। बिहानाको समयमा त्यो मृग नजिकै सुतेको रहेछ ।
उनिहरु छक्क परे अब मृग भेटियो छोप्नुपयो भनी दाने अगाडि सर्नुभयो तर मृगलाइ समात्न सकिएन। जहाँ मृग जान्छ उनिहरु त्यही त्यही गए। बन्दुक पट्क्याए ,बन्दुक पनि नपट्कने भयो। मृग अगाडी दौडिदैछन उनिहरु पछाडी दौडिदैछन तर पनि कुनै प्रयासले पनि त्यो सुनौलो मृगलाइ समात्न सकेनन् । उनिहरुलाइ मृगभन्दा अब सुनको माया बढी लागिसकेको थियो। त्यो मृगले उनिहरुलाइ विभिन्न ठाउमा घुमायो! पाटनको भेग हुँदै पहाड्को पत्थाअ रमा पुरायो।
त्यो दिनपनी उनिहरु थाके अब सुत्नुपर्यो भनी सुत्नको लागि गुफा गए। उनिहरु बेस्सरी थाकेकाले गहिरो निन्द्रामा परे। त्यही राती सपना भयो ।सपनामा एउटा सुन्दर कन्या केटिको रुप धारण गरि देबि बोल्नुभयो। र भन्न थाल्नुभयो। मैले तिमिहरुलाइ धेरै दुख दिए। तिमिहरुको बन्दुक नपड्कने बनाइदिए। सुनौलो मृगको रुपगरी छकाए ,धेरै डुलाए। तिमिहरु भोकाएका थियौ ,मैले खानेकुरा दिए, यी सबै कृयापलाप गर्नुको कारण थियो। खासमा म श्री बुढिनन्दा देबि हु । मलाइ यो ठाउँ सारै राम्रो लाग्यो म यहाँ बस्न चाहान्छु। अब तिमिहरुले मेरोलागी मन्दिर बनाइदेउ र मेरो पुजारी बनी मेरो सेवा गर !! तिमिहरुले मेरो सेवा गरेमा म सम्झेको बरदार दिनेछु। जो दुखी छन। जो गरिब छन ।जसका सन्तान छैन । जो पापी छन तिनिहरुले मेरो सेवा गरेभने म अबस्य बरदान दिन्छु ।
तिमिहरुले मेरो प्रचार गरिदिनु भनेर देबिले भन्नुभयो। ब्राह्मणको लागि बाधुमा गङगारामका उपाध्यायलाई म खबर पठाउला! प्रत्यक बर्षको श्रावण पुर्णिामाको अघिल्लो दिनमा मेरो मन्दिरमा आएर पुजा आजा होम गर्नु ! तिमीहरु मेरो पुजारी र बाधुका बैदार पट्टिका तिमिल्सिना ब्राह्मण मेरो हुमारा हुनु भनेर बरदान दिएर अन्तर्ध्यान हुनुभयो।
बिहाना पखको समयमा उनिहरु ,नुहाइ धुहाइ गरि पबित्र भही मन्दिर बनाउने कार्यमा ब्यस्त भए। धमाधम गरि दुइ दाजुभाइले चट्टान फुटाली पत्थर निकाले ! बुढिनन्दा देबिको लागि राम्रो किसिमको मन्दिर बनाउन सफल भए। घर फर्किने बेलामा एउटा सुनौलो मृग भेटियो ! त्यो मृगको सिङ्गलाई समात्दा हातमा सुन आयो त्यो सुनको सिङगलाइ लिएर देबिको मन्दिरमा चडाए। देबि प्रसन्न भएर धेरै सुनौला मृगको बथान उत्पन्न गरिदिनुभयो !
उनिहरु खुसी भए र सकेजतिको सुन लिएर घरमा फर्किए। त्यहा पाटनमा भएका र घटेका सम्पुर्ण कुराहरुलाइ गाउलेलाइ जानकारी दिए। गाउले हरु प्रसन्न भए, अनि प्रत्यक बर्षको श्रावण महिनाको पुर्णिमामा जात्रा लगाउने सल्लाह भयो ! त्यही बर्ष बाट अहिले सम्म पनि त्यहा जात्रा मनाइन्छ ।
नुरियाका अर्थात पुजारीको शरीर मा देबि प्रकट भएपछी साक्षत दर्सन पाउन सकिन्छ ! एउटा सेतो परेवाको रुपधारण भएको र मन्दिर भित्र परेवा बसेको देख्न सकिन्छ। तर यो सबैले नदेख्न पनि सक्छन !