बाजुरा– सुदूरपश्चिमका सबै जिल्लाहरुमा बाजुरामा शुक्रबार गौरा पर्व मनाइँदैछ । बिशेष गरी बाजुरा जिल्लाको जुगाडा स्थित पिनालेख र मार्तडी स्थित चौराटामा गौरा वर्ब खेल्ने गरिन्छ । त्यस्तै शुदुरपश्चिमका बैतडी, बझाङ्ग, अछाम र कैलाली जिल्लामा गौरा पर्वधुमधामका साथ मनाउदै जात्रा लाग्ने गर्दछ । आज नै धनगढीको खुल्ला मञ्च तथा टुडीखेलमा गौरा पर्वको अबसरमा बिभिन्न कार्यक्रमहरु हुँने गर्दछन । राजधानी काठमाण्डौको टुडीखेलमा पनि शुदुरपश्चिमका नेतृत्व देखि बिभिन्न कामको शिलसिलामा काठमाण्डौ बस्दै आएकाहरुले सबै शुदुरपश्चिमेली टुडीखेलमा जम्मा भएर गौरा पर्वको अवसरमा खेल लगाउने चलन चल्ती रहेको छ ।
बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो । हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो ।
गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन् । आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन् । साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
आज गौरादेवीमा चढाएको दुबधागोलाई भोली दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ ।