बाजुरा–गौमुल गाउँपालिकामा मदिरा व्यवस्थापनको काम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले मदिरा सेवनका लागि मदिरा सेवन कार्ड अनिवार्य गरेको छ ।
गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि पालिका भित्र मदिरा सेवन गर्ने र मनोमानि तरिकाले विक्रि वितरण गर्नेहरु घटेका गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाका भनाई रहेको छ ।
गाउँपालिकाले पालिका भित्र मदिरा सेवनकर्ताको हकमा अनिवार्य कार्ड बनाउनु पर्ने र सेवन गर्दा साथमा कार्ड अनिवार्य बोक्नु पर्ने प्रावधान ल्याएको छ । गाउँपालिकाले यस्तो नीति हो । पछिल्लो समयमा मदिरा सेवनका कारण समुदायमा कुनै पनि अप्रिय घटनाहरु नघटेको पालिको जानकारी छ ।
पालिकाले मदिरालाई व्यवस्थित गर्न कानुन नै बनाएर लागु गरेपछि पछिल्लो ४ वर्ष यता महिला हिंसा, गाली बेइज्जती र आपसी विवादका घटनामा कमी आएको स्थानीयले सिता बुढथापाको भनाई रहेको छ । पालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई पहिलो पटक २ हजार जरिवाना तोकेको छ । मदिरा सेवन गर्न ५ सय तिरेर कार्ड लिनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान पनि गराईएकोछ छ ।
गाउँपालिकाको यस्तो नीतिले मदिरा सेवन गर्नेहरु घटेको गाउँपालिकाले मदिरा सेवन गर्नेहरुको चासो बढ्न थालेपछि धेरै जसो कर्मचारी र शिक्षकले मदिरा सेवन गर्न छाडेका छन् ।यसरी निति ल्याएको पहिलो वर्ष १ हजार ३ सय ५४ जनाले मदिरा सेवन कार्ड बनाएका छ । प्रतेक वर्षको अवधिमा घटेर २ सय ८३ जना जनाले मात्रै मदिरा सेवन कार्ड नविकरण गरेको पाईएको छ ।
पालिकामा मदिरा नियन्त्रण पारित पछि पालिकामा २८ वटा इजाजत प्राप्त मदिरा पसल संचालनमा राखेका छ । त्यस्तै मदिरा कार्ड प्रयोग गरेर सेवन गर्ने ग्राहक २ सय ८३ जना रहेका छन् । पालिकाले मदिरा नियन्त्रण नियम लागु गरेपछि अहिलेसम्म ४ करोड बडि राजश्व भएको कुरा प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले वताए छन । मदिरा सेवन कार्ड लागु भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाईने निति बनाएको छ। एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउँछन् । यस्तो कार्ड पालिका भित्र प्रवेश गर्ने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।
मदिरा पसल चलाउन पनि अनुमति प्रत्र अनिवार्य गरिएको छ । हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्ने गरेका छन् । मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर पालिकामा मदिरा व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाले वताए । मदिरा सेवन कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना समेत लागु गरिएको छ ।