बाजुरा –मा नेकपा माओवादीले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुनै एक ठाउँमा भाग नपाए एक्लै चुनावमा जाने निर्णय गरेको छ ।
शुक्रबार बसेको नेकपा माओवादी केन्द्र जिल्ला समितिको बैठकले गरेका निर्णय शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै माओवाली केन्द्र जिल्ला संयोजक देवीचन्द्र बुढाले प्रदेश निर्वाचन क्षेत्र क र ख अर्थात प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा भाग नपाएमा एक्लै निर्वाचनमा जाने तयारी हुन थालेको बताउनुभएका छन ।
गठबन्धनमा नाममा पार्टीलाई शहिद बनाउन नसकिने भएकाले प्रदेश र संघ मध्ये कुनै एकमा माओवादी केन्द्रको भाग दिएमा गठबन्धनलाई बलियो बनाउने गरी लाग्ने कुनैमा माओवादीले भाग नपाएमा गठबन्धन नगर्ने निर्णय गरेको जिल्ला संयोजक बुढाले जान्कारी दिएका छन ।शनिबार पत्रकार सम्मेलनमा संयोजक बुढाले समानुपातिकको कुनै भरोसा नभएकाले कुनै एक अनिवार्य पाउनुपर्ने दाबी गरेको छ ।ब्
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा नगर तथा गाउँपालिकामा प्रमुख उप प्रमुख कुनै पद नदिएपछि कुनै ठाउँमा एमालेसंग गठबन्धन गरेर चुनावमा गएको संयोजक बुढाको भनाई छ ।
उनले नेपाली काँग्रेसले माओवादीको अस्तित्व स्वीकार नगरेपछि एमालेसंग तालमेल गर्दा काँग्रेसले हार बेहोर्नु परेको दाबी गरे ।
यसैगरी माओवादी केन्द्र बाजुराले मंसिर ४ गते हुने निर्वाचनका लागि संयोजक देवीचन्द्र बुढाको संयोजकत्वमा ५० सदस्यीय निर्वाचन परिचालन समिति बनाएको पत्रकार सम्मेलनमा जानकारी गरानुभएको छ । निर्वाचनका लागि पार्टीले सिफारिस गरेका उम्मेदवारको विषयमा सामाजिक संचालनमा अफवाह तथा भ्रामक फैलाउने कार्य गर्नैलाई कारबाही गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा संयोजक बुढाले जानकारी दिनुभएको छ
पार्टी विरुद्धमा लाग्ने र अफवाह फैलाउनेलाई स्पष्टीकरण सोधेको र कारबाहीका लागि केन्द्रमा माग गरेको बुढाको भनाई रहेको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक देवीचन्द्र बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य महेश शाही,जिल्ला सचिवालय सदस्य चन्द्र थापा,जिल्ला सदस्य,विष्णु रावल हर्क रावत लगायत सहभागी थिए । पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनको संचालन अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साउँदले गरेका थिए ।