गाेठालाे (छन्द – शार्दूलविक्रीडित )
भैंसी एक बथान बेच्न सजिलाे एक्-एक् कराेड् मूल्यका ।
लैनाे छन् कति भैँसि दूध दुहुना बिक्री हुने तूल्यका ।।
गाेठालाे यिनकै बनेर वनमा भैंसी चराऊन मै ।
दूबै सन्त, महन्त उद्दत रहे बीक्री गराऊन मै ।।
भाग्छन् चाेर्न भनेर खेति अरुकाे भैंसी थुने गाेठमा ।
हाले घाँस-पराल मूख-मुखमा मुस्कान् छरे ओठमा ।।
कुँडाे ख्वाउनलाइ काजि खटिए आज्ञा शिराेपर् गरी।
सातू-सामल राज्यकै ढुकुटिकाे छुट्टै निकासा गरी ।।
हुन्छन् हिड्न तयार हूकुम भए खूकूरिकाे धारमा ।
बाेली फेरि रहन्छ वर्षभरि नै माैसम् अनूसारमा ।।
बाँधेका कुटिराहरू जतिसबै लैन्चाैरमा खाेल्दछन् ।
जे-जे बाेल्न भन्याे गुरूचरणले त्यै-त्यै कुराे बाेल्दछन् ।।
भैंसी बेच्न परे दुबै मिलिजुली आफै अगी सर्दछन् ।
जे आदेश छ गर्न पारितिरकाे त्यै-त्यै सधैं गर्दछन् ।।
बक्सिस् आउँछ नाेट बाकस भरी लाखाैं – कराेडाैं अरे !
कुर्सीका बलवानसँग यिनकाे दाेस्ती असाध्यै छ रे !
– यज्ञराज उपाध्याय
बुध्दनगर काठमाडाै
२०७८ साल जेठ ५ गते बुधबार