बाजुराः नेपाली काँग्रेस गौमुाल गाँउ कार्य समितिको आयोजनामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका निवर्तमान सभापति कविराज पण्डितले संविधानको रक्षाका लागि गठबन्धनकोु आवश्यकता रहेको बताउनु भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निवाचनलाई लक्षित गर्दै मंगलबार गौमुल गाँउपालिकाको घटमुनामा चुनावी आमसभा सम्पन्न भएको हो ।
नेपाली कााग्रेस गौमल गाँउ कार्य समिमित सभापति राज बहादुर धामीको अध्यक्षतामा चुनावी आमसभा सम्पन्न भएको हो । चुनावी आम सभाको सम्बोधन कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री एबम नेपाली पाँच दलिय गठबन्धनबाट काँग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार बद्री पाण्डे प्रमुख अतिथी रहनु भएको थियो ।
चुनावी आमसभामा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताको बृहत उपस्थिति रहेको थियो । चुनावी आमसभामा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य बिद्या तिमल्सेना, नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा (ख) का उम्मेद्वार पदम बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामरसिंह रावल, नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सभापति कविराज पण्डित, नेपाली कँग्रेसबाट प्रतिनिधी सभा समानुपातिक तर्फ गठबन्धनका साझा उम्मेद्वार महा नेपाली, नेकापा माओवादी केन्द्र जिल्ला संयोजक दिलिप बुढा (दिपक), नेकपा माओवादी केन्द्र शुदुरपश्चिम प्रदेश संयोजक दीपक डि.सी., नेकपा माओवादी केन्द्रकी पाँच दलिय गठबन्धनबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार कोमल कुमारी शाह, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सभापति मान बहादुर रावल, नेपाली कँँग्रेसका नेता चक्र शाह र एकिकृत समाजवादी पाटी जिल्ला कमिटी सदस्य लाल बहादुर रोकाया लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
चुनावी आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपेन्द्र वुढा (दिपक) ले नेकपा एमले अहंकार र भ्रष्ट्राचारको पाटी भएकोले जनता सामु नाक नदेखाउने वातावरण रहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै नेता लिपकले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा केपी ओलीका झोलेहरुको डण्ठे प्रबृतिबाट नतर्सिएर ढुक्क भएर मत।दान गर्न अनुरोध गर्नु भएको छ । नेता बुढाले बिगतका दिनहरुमा नेकपा एमालेले जालझेल, बुद कब्जा जस्ता काम गर्नु भयो भने पाँच दलिय गठबन्धनमा १० बर्षिय जनयूद्धमा बन्दुक र ग्रिनेट निर्माण गर्ने माओवादी साथमा रहेकोले ढुँगाको चोट दिनेलाई इटाको जवाफ दिन नेकपा माओवादी केन्द्र रहेको ठोकुवा गर्नु भएको छ । नेकपा एमालेले गौमुलमा मंसिर ४ मा डण्ठे प्रबृति ल्यायो भने हातमा ग्रिनेट बनाउने माओवादी साथमा रहेकोले होसियार रहने कुरामा सचेत गराउनु भएको छ । पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डेलाई प्रतिनिधी सभा सदस्यमा उम्मेद्वार उठाएकोले नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका सम्पुर्ण कार्यकर्ता तथा गौमुल बासीहरुले सुनौलो भबिष्य निर्माण गर्न बद्री पाण्डे जस्तो युवा मुखी ब्यक्तीलाई रुख चिन्हमा छाप लगाएर बिजयी गराउन अनुरोध गर्नु भएको छ ।
चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति काविराज पण्डितले यो गठबन्धन नेकपा एमलेको प्रतिगमनका बिरुद्ध भएको बताउनु भएको छ । नेता पण्डितले नेकपा एमालेले पटक पटक संसद बिगटन गरी संविधान कुल्चन खोजेकोले यो गठबन्धन संविधनको रक्षाका लागि भएको बताउनु भएको छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभा समानुपातिक गठबन्धनका साझा उम्मेद्वार महा नेपालीले बिगतमा बाजुरा जिल्लाबाट विजयी बनाएर पठाएका संसदहरुले भ्रष्ट्राचार गरी बाजुरेली जनताको अगाडी नाक नदेखाउने वातावरण भएकोले अन टेष्ट लिन बद्री पाण्डेलाई मतदान गर्न अनुरोध गर्नु भएको छ । नेता नेपालीले २०७४ सालको निर्वाचन पश्चात दुई तिहाइको बहुमतको सरकारले ह्वाइटबडी काण्ड, बालुवाटार जग्गा, ७० करोड काण्ड लगायतका काण्डै काण्ड खडा गरेकोले एमालेले नेपाली जनताको अगाडी आएर भोट माग्ने नाक नरहेको ठोकुवा गर्नु भएको छ ।
चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबा बोल्दै नेकपा माओवादी केन्द्रबाट पाँच दलिय साझा गठबन्धनबाट प्रदेश समानुपातिक उम्मेद्वार कोमल कुमारी शाहले संविधानका दोहालन गर्न खोज्ने अराजक केपी कम्पनीलाई जनताहरुले मतदान गर्न अफ्ट्यारो मान्नु पर्ने कुरामा जोड दिनु भएको छ । नेपाली जनताहरुका मौलिक अधिकारहरु सुनिश्चित गर्न १० बर्षिय जन आन्दोलन पछि नेपाली जनताले संधियता पाएको उनले बताएकी छन । नेतृ शाहले बाजुरा जिल्लाबाट पाँच दलिय गठबन्धनको तर्फबाट प्रदेश तथा प्रतिनिधी सभा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुलाई मतदान गर्न आबाहन गर्नु भएको छ ।
चुनावी आम सभा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा पाँच दलिय गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेद्वार बद्री पाण्डेले यो भन्दा पहिला दुइ दुई पटक बाजुरा जिल्लाबाट जिताएर पठाएका नेताहरु उत्तिर्ण सम्म भए र अन्त्यमा जनताहरुको अगाडी फेल भएको दावी गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेता पाण्डेले अगाडी बाजुरेली जनताले चुनेर पठाएका एमालेका नेता कर्ण थापा र लाल बहादुर थापा जस्तो आफु उत्तिण मात्र है बिकासको दिशामा जिल्लाको डिस्टेशनमा पर्ने दावी गर्नु भएको छ ।
चुनावी आम सभामा नेकपा एमलेको अहंकारी प्रबृतिलाई मन नपराएर गौमुल गाँउपालिका वडा नम्बर ६ टाडाकोटका तिलक बहादुर रोकाया सहित ६ सटेडाका ३६ जना बढी घर परिवारका सदस्यहरु नेपाली काँग्रेसमा प्रवेश भएका छन । बिगतका दिनहरुमा गौमुल देखि जिल्लामा नेकपा एमालेलाई जिताउदा भ्रमको खेती मात्र गरेको र स्थानिय तह देखि राज्यमा भ्रष्ट मौलाएको भन्दै उनिहरुले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका सह महामन्त्री एबम नेपाली काँग्रेसका पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा सदस्यका साझा उम्मेदेवार बद्री पाण्डे लगायतका नेताहरुले स्वागत गर्दै फुल माला र टिका लगाएर स्वागत गरेका थिए । सह महामन्त्री पाण्डेले उनिहरुलाई नेपाली काँग्रेसको क्रियाशिल सदस्यता समेत दिनु भएको छ । प्रवेश हुनेहरुमा गौमुल गाँउपालिका वडा नम्बर ६ टाँडाकोटका तिलक बहादुर रोकाया, सोही गाँउपालिका वडा नम्बर १ का लोकेन्द्र रोकाया, सोही गाँउपालिका वडा नम्बर ६ सटेडाका अर्जुन रोकाया, दल रोकाया, रमेश रोकाया र जय रोकाया लगायत ३६ जना उनका घर परिवारका सदस्यहरु रहेका छन । का नेता कर्ण थापा र लाल बहादुर थापा जस्तो आफु उत्तिण मात्र है बिकासको दिशामा जिल्लाको डिस्टेशनमा पर्ने दावी गर्नु भएको छ ।