बाजुरा–जिल्लाको बडीमालिका नगरपालीका व.डा.नं ७ मा पनि अबको केही समयपछी4 जि सेवा सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम तथा नेटवर्क नआउने ठाँउमा पनि 4 जि सेवा सञ्चालन हुने भएकाले त्यहाँका स्थानिय खुसि भएका छन ।
करिब २ बर्षको लामो अन्तराल पछि निर्माणाधिन 4 जि सेवा सञ्चालन भएको काम करिब करिब ९० प्रतिशत सकीएको र अब १० प्रतिशत काम सकेपछि सो क्षेत्रमा पनी 4 जि सेवा सञ्चालनमा आउने ब. न. पा ७ का बडा. अध्यक्ष धर्मराज पाध्याले बताएका छन ।
२०७८ सालमै 4 जि सेवा सञ्चालन हुने भनीएतापनी टावरका लागी आबश्यक सामाग्री,सोलार पाता,ब्याट्री, तार उपकरण बाजुरामा आउन नसकेकोले उक्त काम रोकिएको थियो एक त बाजुराको रोडले पनी साथ नदीएकाले सामाग्री बाजुरामा ल्याउन सकिएको थिएन । त्यसको १ बर्षपछि सबै साम्रागी सो क्षेत्रमा पुगीसकेको र जडानको काम सुरु भइसेको र अब काम अन्तमि चरणमा पुगीसेको र चाँडो भन्दा चाँडो सो क्षेत्रमा सबै कुना काप्चामा सेवा सञ्चालन हुने पनी जानकारी प्राप्त गर्ने भएको छ ।
सो क्षेत्रको ढम्कने, रजातोली,गोपीसेरा,सिराडी, पोखरा, चुथी र जिल्लि क्षेत्रसम्म चल्ने गरी उक्त टाबर निमार्ण गरीएको छ । अब गाँउमै 4 जि सेवा सञ्चालन हुने सबै काम गर्न सदरमुकाम पुग्न नप्रर्ने ताजा घटना तथा सुचना सुन्न पाइने भनेर खुसि महसुस गर्दै सो टावर निमार्ण कम्पनीलाई धन्यबाद दिन्छन स्थानिय गौरी धामी । हुनत सो क्षेत्रमा यस अगाडी नत राम्रो संग मोबाइलमा टाबरनै आउथे मोबाइलमा टाबर ल्याउन पनी रुख चढ्नु प्रर्ने बाध्यता थियो अब 4 जि सेवा संगै मोबाइल टावरको पनी ब्यबस्था होस भनेर माग गर्छन त्यहाँका स्थानि बासिन्दाहरु ।
बिकट ठाँउमा अब 4 जि सेवा सञ्चालन हुने भएकाले सबै स्थानिय हर्षित भएका छन । अब मोबाइलमा नेट चलाउनको लागी केही महत्वपुर्ण काम गर्न सदरमुकाम धाउन नप्रर्ने हुदाँ सबै स्थानिय खुसिले गदगद भएका छन सो क्षेत्रको माउलेकमा अबस्थित 4जि को टाबरले ब.न.पा ७ का सबै क्षेत्रमा 4 जि सेवा सञ्चालन हुने भएको छ । अबको करिब केही सातामै सेवा सञ्चालन हुने र काम लगभग अन्तिम चरणमा पुगिसेको प्राप्त जानकारी भएको छ ।
118 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs