युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
196 पटक पढिएको

धनगढीः सेती प्रादेशिक अस्पतालले टिनको छानो रहेको भवनबाट प्रसूति, प्रयोगशाला लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालको पूर्वतिर रहेको पुराना भवन जिर्ण छन्। तत्कालिन जिल्ला अस्पतालदेखिका भवनहरुबाट स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल परिसरभित्र नयाँ भवन निर्माणको प्रक्रिया थालेको जनाएको छ। सामाजिक विकास मन्त्रालयले नयाँ भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर०) तयार पारेको भएपनि स्वीकृत हुन बाँकी छ।

सामाजिक विकास मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सेनाले डीपीआरको काम पूरा भएको बताए। उनले भने, ‘ठुलो, आधुनिक, दुई भुई तलामा पार्किङ्गसमेत भएको ९डबल बेसमेन्टको०, २–३ सय बेडको डिजाइन हुने हो। सेती अस्पताल बीच बजारमा भयो। ठाउँ पनि कम छ।’

सेती प्रादेशिक अस्पताल परिसरभित्र झण्डै दुई अर्ब लगानीमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले डीपीआर स्वीकृतपछि संघीय सरकारसँग बजेट माग गर्ने तयारी छ। आकस्मीक, प्रसूति, प्रयोगशाला लगायतका शाखाहरु नयाँ भवनबाट सञ्चालन गरिनेछन्।

पार्किङसहितको भवन निर्माणको प्रक्रिया मन्त्रालयले सुरु गरेको बताइएको छ। इन्जिनियर तिमिल्सेनाले भने, ‘हामीले डीपीआर बनाएका छौ। प्रदेशको बजेटले मात्र हुँदैन होला। केन्द्रमा माग गर्ने कुरा भएको छ। बजेट सुनिश्चतता भएपछि काम हुन्छ।’ सेती प्रादेशिक अस्पतालमा भौतिक संरचनाको अभाव छ। पुराना तथा जिर्ण भौतिक संरचनाबाट अस्पतालले स्वास्थ्य सेवा दिदै आएको छ। पुराना र जिर्ण भवन भत्काउदै नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्ने तयारी अघि बढाइएको छ।

नयाँ सुविधा सम्पन्न भवन निर्माणको काम पूरा भए, अस्पताललाई सेवा दिन सहज हुने अस्पतालका प्रमुख डाक्टर हेमराज पाण्डेले बताए। उनले भने, ‘जाइने वाडको टिनको घरदेखि पोस्टमाटमको घरसम्म हो। पूर्वतिर नयाँ भवन बनाउने हो। अर्को साल संघ सरकारको बजेटमा पर्न सके, राम्रो काम हुनेछ।’

दिनेश खबरबाट साभार गरिएकाे

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!