काठमाण्डौ— आइतबार पोखरामा भएकाे यति यएरको बिमान दुर्घटनाको नेपाल सरकारले शोक ब्यक्त गरेको छ । आइतबार बेलुका नै मन्त्री मण्डलको बैठक बसेर यस्तो निर्णय गरेको हो । ७२ जनाको ज्याँन जाने गरी भएको सो दुर्घटनाले पुरै देश शोक मग्न भएको छ ।
यसै अनुरुप सोमाबार नेपाल सरकारले देश भरका अत्यावश्यक काम बाहेक सबै कार्यालयहरुमा बिदा दिएको छ । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरु तथा चालक दलका ब्यक्तीहरुको शोकमा सोमबार सार्वजनिक विदा दिइएको छ । शोक संगै राष्ट्रिय झण्डा आधा झुक्काउने निर्णय समेत गरेको छ । आइतबार मन्त्री परिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।