बाजुरा- बाजुराको भुकुम्पमा ज्यान गुमाएका मृतकका छोरालाई नेविसंघ बाजुराको तर्फबाट दश हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको छ।
माघ १० गते बाजुरा जिल्ला हिमाली गाँउपालिका बिच्छया केन्द्र बिन्दु बनाएर गएको हो। उक्त भुकम्प बाट प्रभावित भइ गौमुल गाउँपालिका वडा नम्बर २ जुरेली निवासी नर बहादुर रोकायाको धर्मपत्नी जमुना रोकाया ले ज्यान गुमाउनु भएको थियो। सोही मृत परिवारको ७ वर्षका छोरा सरोज रोकायालाई पढाइ लेखामा आर्थिक सहित शैक्षिक सामाग्री सहयोग गरिएको नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापाले बताएका छन।
नेपाल बिद्यार्थी संघ बाजुरा को तर्फबाट नगद रकम ७,५००/- शैक्षिक सामग्री २,५००/- जम्मा गरी १०,०००/- बराबरको सहयोग गरिएको छ। सोही वितरण कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान पाटी सभापति कविराज पण्डित, नेविसंघ बाजुरा अध्यक्ष जनक थापा नेपाली काङ्ग्रेस गौमुल गाउँ कार्य समिति पाटी सभापति राज बहादुर धामी लगायतको उपस्थितमा वितरण कार्यक्रममा गरिएको नेविसंघ बाजुरा अध्यक्ष थापाले बताएको छ।