बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष भरत बहादुर रोकाया निर्वाचित भएको १ वर्षमा गरेको काम निकै लोकपि्रय रहेका छन। आफु जनताले चुनेर काम गर्नका लागी पठाएको ५ वर्षको अबधि ठिक एक बर्ष बितेको अध्यक्ष रोकायाले बताए।
आफु निर्वाचनमा जिताउन सहयोग गर्न सुनाैलाे अवसरमा सम्पूर्ण गाउँपालिका बासिन्दाहरूलाई धन्यवाद ज्ञपन समेत गरेका छन। मेराे नेतृत्वमा चुनियकाे गाउँपालिका सरकारले भौगोलिक दृस्ठिकोण पछाडी भएको अति दुर्गम ठाउका विभिन्न अप्ठ्याराका बावजुद केही काम सम्पन्न गरेको छु। केहि निति तथा योजना गर्ने अर्थ प्रयासमा लागिपरेको अध्यक्ष रोकाया बताएका छन ।
१. गाउँपालिका भरीका विधालयहरूमा कक्षा १ देखि १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने ब्यबस्था गरेकाे छ।
२. नेपाल खाद्यकाे बिक्रि केन्द्र स्थापना गरिएकाे छ।
३. नुनकाे बिक्रि केन्द्र स्थापना गरिएकाे छ।
४. गाउँपालिक भरीका स्वास्थ्य ईकाईहरूलाई शशक्तिकरण गरिएकाे छ।
५. स्थानिय स्तरमा उत्पाद नहुने कृषि उपजलाई बिक्री वितरण गर्न नेपाल खाध्य कम्पनी लिमिटेड संग संझाैता गरिएकाे छ।
६. अामाहरूलाई शसक्तिकरण गर्न गाउँपालिका भरी अामा समूहहरू बनाईएका छन ।
७. गाउँपालिका भित्रकै सामुदायीक विधालयबाट अध्यायन गरि उच्चतम नतिजा ल्याउने छात्र र छात्रालाई पुरस्कृत गर्ने निर्णय गरिएकाे छ।
८. कृषि उपज बढाउनका लागि याेगदानमा अाधारित कृषि पेन्सन कार्यक्रम लागू गरिएकाे छ ।
९. विभिन्न संघ संस्थाहरू द्वारा परियाेजनाहरू लागू गराउन सफल भईएकाे छ। जस्तै:-
क. ग्रेप परियाेजना GIZ द्वारा संचालित ।
ख. नाफा परियाेजना ADB द्वारा गा पा भरी लागू हुदैछ ।
ग. बाल अधिकार सम्वन्धि कार्यक्रम UNICEF हिजाे मात्र हाम्राे गाउँपालिका छनाैट भएकाे छ ।
घ. साईन नेपाल संस्था विभिन्न राहात वितरण कार्यक्रम लागु गरिएको छ।
ङ. पाेषण सम्वन्धि विभिन्न कार्यक्रमहरू लागू हुँदै छन।
च. राहात वितरण कार्यक्रम किडाक नेपाल।
छ. कृषि कार्यक्रम लागू गिप्ट बाजुरा।
अन्य विभिन्न कार्यहरू गर्ने प्रयासहरू अागामी दिनहरूमा जारी रहेको छ। अबकाे बाँकी अवधि ४ वर्ष सम्म स्वामीकार्तिक खापर बासीकाे सेवामा तल्लिन रहने अध्यक्ष रोकायाले बताएका छन। याे एक बर्षे अवधिमा आम स्वामीकार्तिक खापर वासीहरूमा दिन नसकेकाे समय संगै काम र सेवा प्रति क्षमा याचना गरेका छन। निर्वाचन हुँदा जनता संग गरेका सबै बाचा पूरा गर्न आफ्नो कार्यकाल भरी निरन्तर लागुपर्ने छु। जनताको सेवाको लागि सधै सकारात्मक प्रयास रहिरहने पनि बताएका छन। सबै स्वामीकार्तिक खापर गाउँपालिका वासीहरूलाई सहयोगको अपेक्षा समेत राखेको छ। गाउँपालिका विकास समृद्धि बनाउन जनप्रतिनिधि तथा कर्मचारी लगायत स्थानीय बासिन्दाको ठुलो भुमिका रहेकोे छ।