बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभुत बिधालय भवन जीर्ण अवस्था भएको छ।
गत वर्षको माघ १० गते बाजुराको बिच्छया केन्द्र बिन्दु बनाएर गएको हो। उक्त भुकम्प बाट प्रभावित भइ बिधालय भवन चर्केको छ। भवनमा समस्या भएको कारणले विद्यार्थी लाई पठनपाठन असर परेको छ। बिधालय भवन जीर्ण रूपमा रहेकोे हुँदा भत्किने सम्भावना बढी रहेकोे छ। भवन जस्तोसुकै भएपनि व्यवस्था अधुरो रहेको बिधालय प्रधानाध्यापक वीर बहादुर रावतले बताएका छन।
बिधालयमा विद्यार्थीलाई चर्केको भवनमा पढाई गरिएको छौ। भवनमा बीच बीचमा पर्खाल भाग अलग अलग परेको छ। कक्षा कोठामा राखेर पठनपाठन गराउन जोखिम अवस्था समेत रहेकोे छ। कतिखेर भत्किने हो भन्ने शिक्षकलाई चिन्ताजनक हुनुपर्ने समस्या बढिरहेको छ। बिधालय भवनमा पुरानो भएको कारणले समस्या थियोे तर पनि फेरि भुकम्प असरले गर्दा निकै समस्या अल्झनु पर्ने बाध्यता रहेकोे बिधालय परिवारले बताए।
भवन जुन ठाउँमा सञ्चालन गरिएको छ त्यही भवन मर्मत गर्न जस्तो अवस्था छैन। भवन नयाँ बनाउनु संगै अन्तै ठाउँ राम्रो भएको स्थानमा सारेर बनाउन पर्ने सिर्जना रहेकोे छ। नयाँ बिधालय भवन सम्बन्धि बनाउन पहलमा प्रदेश आर्थिक मन्त्रालय सम्म काज प्रक्रिया गरिएको छ। अझै पनि स्थानीय, प्रदेश र संघ सरकारले बिधालय भवन प्रति सबै निकायले मध्यनजरमा राख्न समेत अनुरोध गरेको प्रधानाध्यापक रावतले बताएका छन।
गाउँपालिका बाट शिक्षा शाखा टोलि जनप्रतिनिधि तथा कर्मचारी अनुगमन सहित हेरेर गएको हुन। समस्या समाधान गर्ने समेत भनेका हुन तर अहिलेसम्म केहि हुनसकेको छैन। गाउँपालिका केहि मुख्य व्यक्ति आए पछि बिधालय सम्बन्धि समस्या समाधान पुरा हुन्छ भन्ने आशा हुँदा पनि भवन उस्तै अवस्था रहेकोे प्रधानाध्यापक रावतले बताएका छन।