बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा दादुरा रुवेल खोप अभियान संचालन लागि अभिमुखिकरण तथा योजना गोष्ठी कार्यक्रम गरिएको छ।
दादुरा रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोप पालिकामा दादुरा रुवेल खोप अभियान संचालन लागि अभिमुखिकरण तथा योजना गोष्ठी कार्यक्रम गरिएको छ। देश भर फैलिएको महामारी रोग नियन्त्रण गर्नका लागि गाउँपालिकामा एक दिने स्वास्थ कर्मचारीहरुलाई अभिमुखिकरण चलाएको छन। सबै वडामा स्वास्थ सेवा केन्द्रमा जेष्ठ महिनाको २५ गतेदेखि २७ गतेसम्म दादुरा खोप सञ्चालन गरिने भएको छ। गाउँमा भएका रोगीहरु लाई नियन्त्रण गर्नका लागि खोप अभिमुखिकरण गोष्ठी कार्यक्रम गरिएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन।
बच्चा ६ महिनादेखि १५ महिनासम्मका बालबालिका लाई खोप लगाइने भएको छ। वडा हुदै गाउँमा भएका दादुरा रोगी बालबालिकाहरुलाई नियन्त्रण गर्नका लागि वडामा रहेका स्वास्थ प्रमुखलाई अभिमुखिकरण तथा गोष्ठी कार्यक्रम गरिएको छ। दादुरा रोग बाट निमुनिया, पखाला, कुपोषण जस्ता रोग लाग्ने भएको हुँदा त्यसलाई अन्त्य गर्नका निम्ति स्वास्थ कर्मचारी गोष्टि भेला गराएको छ।
नेपाल रेडक्रस बाजुरा सहयोगमा र हिमाली गाउँपालिका समन्वयमा गोष्ठी गरिएको छ। उक्त कार्यक्रम पालिका स्तरीय खोप समन्वय समिति संयोजक हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अध्यक्षतामा गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, उपाध्यक्ष राजकला सार्की, खोप समन्वय समिति सदस्य स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल वडाका वडा अध्यक्ष वडामा भएका स्वास्थ प्रमुख धुलाचौर प्रहरी चौकी इन्चार्ज अशोक बहादुर पाल कार्यालय शाखा प्रमुख कर्मचारी सहभागिता एक दिने गोष्ठी कार्यक्रम गरिएको स्वास्थ शाखा प्रमुख मल्लले बताएका छन।
दादुरा रोगलाई नियन्त्रण गर्न राज्यको लगानी रहेकोे छ। यसलाई सफल पार्न वडा अध्यक्ष लगायत स्वास्थ कर्मचारी ठुलो भुमिका रहेकोे गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। गाउँका स्थानीय लाई स्वास्थ क्षेत्रको रोग नियन्त्रण गरी बालबालिका रोगी बच्चालाई बचाउन स्वास्थ कर्मचारी निरन्तर लागिरहेको छन। कुनै पनि बालबालिका गाउँमा खोप बाट नछाड्न समेत स्वास्थ कर्मचारी सम्पुर्ण अनुरोध गरेको गाउँपालिका अध्यक्ष मल्लले बताएका छन।